काडमाडौं । रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ, भने ३ जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमादीस्थित सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । वडाध्यक्ष बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए । अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ ।
थप विवरण आउन बाँकी रहेको छ ।