Spread the love

श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका प्रमुख कमल पौडेलले रोजगारदाताहरुले अनिवार्य रुपमा श्रम ऐन कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । श्रम तथा रोजगार कार्यालय नेपालगञ्जको आयोजना तथा तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा भएको श्रम अडिट सम्बन्धि रोजगारदाता सँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

श्रम कानुन पालना नगर्दा रोजगारदातालाई धेरै चुनौती हुने भन्दै उहाँले रोजगारदाताले श्रमिकहरुलाई अनिवार्य रुपमा नियुक्ती पत्र दिनुपर्ने बताउनुभयो । यस्तैगरी रोजगारदाताले कम्तिमा पाँच बर्षको हाजिरी विवरण तथा पारिश्रमिक भुक्तानी गरेको विवरण राख्नुपर्ने, बार्षीक श्रम अडिट गर्नुपर्ने, सरकारले तोकेको न्युनतम पारिश्रमिक दिनुपर्ने, सञ्जयकोष, औषधीउपचार र दुर्घटना विमा समेटिने सामाजिक सुरक्षा कोषमा योगदानलगाएतका कुरामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । यसैगरी श्रमिकलाई प्रसुति बिदा, किरिया बिदा र बिरामी बिदा बाहेकका अन्य बिदा पनि दिनुपर्ने कुरा श्रम ऐनमा उल्लेख गरिएको उहाँले बताउनुभयो ।

कुनैपनि संस्था नाफामा गएको अवस्थामा बोनस वितरण गनुपर्ने र एक बर्षमा एक महिना बराबरको पारिश्रमिक चाडपर्व खर्चका रुपमा श्रमिकलाई दिनुपर्ने उहाँको भनाई छ । श्रम ऐन अनुसारको सुविधा नपाएको अवस्थामा श्रमिकले श्रम तथा रोजगार कार्यालयमा उजुरी गर्न सक्ने व्यवस्था रहेको भन्दै उहाँले सोही व्यवस्था अनुसार कार्यालयले श्रमिकको अधिकार कार्यान्वयनमा सहयोग गर्ने बताउनुभयो । बारम्बार श्रमिकबाट श्रम तथा रोजगार कार्यालयमा उजुरी आएमा सो रोजगारदता अवथा प्रतिष्ठानलाई समस्या हुने उहाँले बताउनुभयो । सेवासुविधाका सम्बन्धमा श्रम ऐनमा श्रमिकमैत्री व्यवस्थाको कुनै कमी नरहेकाले श्रमिकले दाबी गरेमा रोजगारदाताले एकैपटक ठुलो दायीत्व चुकाउनुपर्ने हुदा यसतर्फ सचेत रहन रोजगारदतालाई उहाँले आग्रह गर्नुभयो । श्रम ऐनले श्रमिकका मात्रै नभएर रोजगारदातालाई पनि धेरै अधिकार दिएको उहाँले बताउनुभयो ।

श्रमिकले घुस लिनेदिने कार्य गरेमा, कार्यस्थलमा चोरी गरेमा, आर्थीक हिनामिना गरेमा र बिदा स्विकृत नगराई लगातार ३० दिनसम्म कार्यालयमा उपस्थित नभएमा त्यस्ता श्रमिकलाई रोजगारदाताले सेवाबाट हटाउनसक्ने व्यवस्था पनि श्रम ऐनले गरेको उहाँले बताउनुभयो । श्रम ऐनलाई रोम्रोसँग अध्यन गरी सोही अनुसार अगाडी बढेका रोजगारदाता र रुमिक दुबैलाई कुनै किसिमको समस्या नआउने उहाँको भनाई छ । कार्यक्रममा सामाजिक सुरक्षा कोष नेपालगञ्जका प्रमुख चिरञ्जिवी न्यौपानेले सामाजिक सुरक्षा कोषले दिने सेवा र यसका फाइदाका बारेमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा कार्यक्रममा उपस्थित तुलसीपुरका उद्योगी तथा व्यवसायीहरुले यो कार्यक्रमबाट श्रम ऐन सम्बन्धि धेरै कुराको जानकारी पाएको भन्दै खुसी व्यक्त गरेका थिए । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *