३८ अंकले नेप्से बढ्दा ९ अर्ब ३१ करोडको सेयर कारोबार

ByNews

२०८१ मंसिर १२, बुधबार १७:२० २०८१ मंसिर १२, बुधबार १७:२० २०८१ मंसिर १२, बुधबार १७:२०
Spread the love

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ ।

अघिल्लो दुई कारोबार दिन बढेर बन्द भएको नेप्से परिसूचक आज पनि ३८।८१ अंकले बढेर २७५५।४७ विन्दुमा पुगेको हो ।

बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३१ करोडको भयो ।

१९९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो । दोहोरो अंकले बढेको सेयर बजारमा ८ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

विशाल बजार,कर्णाली डेभलपमेन्ट बैंक,कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था,सप्तकोशी डेभलपमेन्ट बैंक,मानुसी लघुवित्त वित्तीय संस्था र ग्रीन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेको हो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *