काठमाडौँ । दक्षिण एशियाका हिमाली देश नेपाल, जहाँ जनसांख्यिकीय चुनौती र सम्भावना दुवैलाई पछिल्लो समय नजिकबाट अनुभव गरिएको छ, यो साता एसियाली क्षेत्रको जनसंख्या सम्बन्धी सबैभन्दा ठूलो सम्मेलनको केन्द्र बन्ने भएको छ ।
छैटौँ एसियाली जनसंख्या सम्मेलन ९एपीसी० मंसिर १२ देखि १५ ९नोभेम्बर २७ देखि ३०० सम्म काठमाडौँको सोल्टी होटेलमा आयोजना हुँदैछ, जसमा ५० देशका ७०० भन्दा बढी जनसंख्या विज्ञ, नीति निर्माता, र अनुसन्धानकर्ता सहभागी हुने जनाइ एको छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय जनसंख्या विभाग र एशियन पपुलेसन एसोसिएसन ९एपीए० को सहकार्यमा आयोजना हुने यो सम्मेलनले विश्वव्यापी जनसांख्यिकीय परिवर्तनहरू, सामाजिक(आर्थिक प्रभावहरू, र जनसंख्या व्यवस्थापनका चुनौतीहरूमा केन्द्रित बहस प्रस्तुत हुने आयोजन समिति संयोजक, प्रा। डा। योगेन्द्र बहादुर गुरुङले बताएका छन् ।
नेपालले यो प्रतिष्ठित कार्यक्रम पहिलो पटक आयोजना गर्न लागेको हो। यसअघि यो सम्मेलन नयाँ दिल्ली ९२०१००, बैंकक ९२०१२०, क्वालालम्पुर ९२०१५०, सांघाई ९२०१८०, र जकार्ता ९२०२१० मा सम्पन्न भएको थियो ।
सम्मेलनमा १७ वटा मुख्य विषयगत शीर्षकमा ४०० वटा कार्यपत्र प्रस्तुत गरिनेछ । यी कार्यपत्रहरूले जनसंख्या वृद्धिका विभिन्न पक्षहरू, जस्तै जनसंख्या वृद्धावस्था, सहरीकरण, आप्रवासन, लैंगिक मुद्दा, र सार्वजनिक स्वास्थ्य जस्ता विषयमा छलफल गर्नेछन् ।
नेपालमा भइरहेको जनसांख्यिकीय परिवर्तनका महत्त्वपूर्ण पक्षहरूमा विज्ञहरूले छलफल गरी जापान, चीन, र दक्षिण कोरियाजस्ता देशहरूका अनुभवहरूबाट पाठ सिक्ने प्रयास गर्नेछन् । नेपालका बदलिंदो जनसंख्या नीतिमा यस सम्मेलनले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नेछन् ।रासस