Spread the love

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएका छन् ।

नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाइ समितिले सोमबार गरेको कार्यक्रममा बोल्दै उनले जनताको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको आरोप लगाए ।

उनले कांग्रेसले सहकारी पीडित जनताको समस्यालाई संसद् र सडकबाट उठाएको बताए । नेता कोइरालाले कांग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाको बारेमा सिकाउन आवश्यक नभएको बताए । ुसंसदीय व्यवस्थामा संसद् प्रतिपक्षको भन्ने गरिन्छ । तर यहाँ सत्तापक्षले प्रतिपक्षको कुरालाई सुन्दै नसुनीकन अगाडि बढ्न खोजेको छ,ु उनले भने ।

नेता कोइरालाले छिटो भन्दा छिटो सहकारी ठगीमा समिति बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गरे। उनले पछिल्लो समय चारैतिर अराजगताले देशलाई घेरिरहेको भन्दै यसलाई सही दिशामा अगाडि बढाउनुपर्ने बताए । उनले कांग्रेसलाई सरकारमा जाने हतारो नभएको भन्दै कांग्रेसले सत्ताभन्दा पनि देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट पारे ।

राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन मेरो अभियान हो, यसलाई अगाडि बढाउन म दृढताका साथ लाग्नेछु, कोइरालाले भने । उनले नेपालमा आयुर्वेदिक शिक्षाको महत्व दिन प्रतिदिन बढ्दै गएको बताए ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *