Spread the love

थर्ड आई नेपालको आयोजना तथा तुलसीपुर सिटी हस्पिटलको प्राविधिक सहयोगमा विद्यार्थीहरुको रक्त समुह परिक्षण गरिएको हो । रक्त समुह थाहा नहुँदा रगत व्यवस्थापनमा समस्या हुने भएकाले रक्तसमुह पहिचान अत्यावश्यक रहेको भन्दै रगत समुह पहिचानका लागि कार्यक्रम सञ्चालन गरिएको थर्ड आइ नेपालले बताएको छ । रक्तसमुह पहिचान नहुँदा आपतकालिन अवस्थामा रक्तदान गर्ने दाताहरुनै सेवा गर्नबाट बञ्चित हुँदै आएकाले सो समस्यालाई समाधान गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

कार्यक्रममा रिजालले रगतको अभाव हुन नदिन सबैले नियमीत रुपमा रक्तदान गर्नुपर्ने बताए । उनले अस्तपाल विगत देखिनै सामाजिक सेवामा निरन्तर रहेको र यसलाई निरन्तरा दिने उदेश्य सहित थर्ड आईसंग सहकार्य गरेको जानकारी गराए । कार्यक्रममा राप्ती बबई क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्याम रेग्मीले व्यक्तिको रगत समुहको आधारमा रगतको जोहो हुने भएकाले रक्त समुह पहिचान अत्यन्त आवश्यक रहेको उल्लेख गरे ।

समयमै रगत समुह थाहा भएन भने रगत व्यवस्थापनमा ढिलाई हुने र मानिसको ज्यानै जानसक्ने खतरा रहेकाले हरेक व्यक्तिले आफ्नो रगत समुह समयमै थाहा पाउन जरुरी रहेको बताए ।
क्याम्पस प्रमुख गणेश पार्देले विद्यार्थीहरुको सँख्या र शैक्षिक कार्यक्रमको तुलनामा क्याम्पसको भौतिक संरचना नभएको भन्दै सरकारले यसप्रति ध्यान दिनुपर्ने बताएका थिए ।कार्यक्रममा नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष गोपाल शर्मा भट्टराईले रगत समुह पहिचान निकै महत्वपूर्ण रहेको बताएका थिए ।
थर्ड आई नेपालका अध्यक्ष बसन्त गिरीको अध्यक्षता तथा तुलसीपुर सिटी हस्पिटल सञ्चालक समितिका अध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको थियो ।

कार्यक्रम तुलसीपुरका ४ वटा शैक्षिक संस्थाहरुमा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ । सोही अन्र्तगत सोमबार राप्ती बबई क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको रक्त समुह परिक्षण गरिएको हो । थर्ड आई नेपालकी सदस्य ललिता भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य पूर्णिमा बस्नेतले गरेकी थिइन् ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *