सिसहनियामा बृहत आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

ByNews

२०८१ जेष्ठ १५, मंगलवार २१:१३ २०८१ जेष्ठ १५, मंगलवार २१:१३ २०८१ जेष्ठ १५, मंगलवार २१:१३
Spread the love

शिविरमा दिर्घरोगिहरुको बढि उपस्थीति रहेको थियो । शिविरमा झण्डै ६ सय जति विरामीले सेवा लिएका छन

सिसहनिया । प्रादेशिक आयुर्वेद चिकित्सालय तुलसीपुर(१९ विजौरीको आयोजनामा राप्ती गाउपालिकाको सिसहनियामा एक दिने बृहत निशुल्क आयुर्वेद स्वास्थ्य शिविर मंगलवार सम्पन्न भएको छ ।

सो शिविरको उद्घाटन लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले गरेका छन् । उनले आफ्नै स्वास्थ्य परीक्षण गराएर सो शिविरको सुभारम्भ गरे ।

शिविर उद्घाटनमा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै प्रदेश स्वास्थ्य मन्त्री पुनले आयुर्वेद चिकित्सा पद्धती उपचारात्मक मात्रै नभएर रोगप्रतिरोधात्मक पद्धती पनि भएकाले आयुर्वेद चिकित्सा पद्धतीमा जोडिन सवैलाइ आग्रह गरे । बढ्दो आधुनिकतासंगै हराउदै गएको परम्परागत कृषि प्रणालिका कारण हरेक मानिसले जंकफुड खाने अभ्यास बढिरहेको भन्दै यसलाइ सुधार्न पनि उनको आग्रह थियो । विरामी भएर उपचार गर्न भन्दा रोगनै लाग्न नदिएर स्वस्थ रहनकालागी आयुर्वेद चिकित्सा पद्धती उत्तम भएकाले आयुर्वेदले सिकाएका खानपानमा ध्यान दिन पनि उनको आग्रह थियो ।

प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका निमित्त निर्देशक डा।सन्तोष कुमार ठाकुरको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा बोल्दै राप्ती गाउपालिकाका अध्यक्ष प्रकाश विष्टले खानपानमा भएको लापर्वाहिका कारण पछिल्लो समयमा दिर्घरोगको उपचार चुनौतिका रुपमा देखिएको बताए । उनले दैनिक खाद्यान्न, फलफुल तथा तरकारीमा प्रयोग हुने रसायनिक मल र विषादिका कारण क्यान्सर, उच्चरक्तचाप, मधुमेह तथा थाइराइड जस्ता रोगका संक्रमण बढिरहेको भन्दै उनले यसबाट जोगिन जैविक कृषि प्रणालिको सुरुआत गर्न पनि सवैलाई आग्रह गरे । राप्ती गाउपालिकाले यसै बर्ष प्रांगारिक मल उत्पादनका लागि किसानलाई सहयोग गरेर कारखाना समेत खोलिसकेको पनि बताए ।

प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका वरीष्ठ कविराज बसन्त वहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको शिविर उद्घाटन औपचारिक कार्यक्रमको सहजीकरण अस्पतालका कर्मचारी रुद्रमणि खरेलले गरेका थिए ।

निशुल्क शिविरमा आयुर्वेद फिजिसियन डा।योगेश वैद्ध, जनरल सर्जन मदन भण्डारी, जनरल ओपिडिमा डा मदन विसि, नाक कान घाटि विशेषज्ञ डा प्रतिक्षा मज्गैया, महिला तथा प्रसुति रोग विशेषज्ञ डा पुस्पा भुषाल र डा सन्जु भुषाल, वालरोग विशेषज्ञ डा हरीशंकर चौधरी, छाला रोग विशेषज्ञ डा गोपेन्द्र कमल, लगायत झण्डै पचास भन्दा बढि स्वास्थ्यकर्मि कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा भिडिओ एक्सरे, प्रयोगशाला सेवासंगै निशुल्क औषधि समेत वितरण गरिएको थियो । शिविरमा दिर्घरोगिहरुको बढि उपस्थीति रहेको थियो । शिविरमा झण्डै ६ सय जति विरामीले सेवा लिएका छन् ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *