नेकपा माओवादी केन्द्र घोराही नगर कमिटीले गणतन्त्र दिवसको अवसरमा सहिद गेटमा दीप प्रज्वलन गरेको छ ।
सो अवसरमा नेकपा माओवादी केन्द्रका घोराही उपमहानगर इञ्चार्ज तुलसी डाँगी ( मिलन), नेपाल उद्योग व्यापार संघ घोराही नगर अध्यक्ष महेन्द्र बुढाथोकी, वाइसिएलका जिल्ला सचिव अनिल सेर्पाली र अखिल क्रान्तिकारीका सचिव गोविन्द मल्लले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन पार्टीका नगरकमिटी सचिव वसन्त चौधरीले गर्नुभएको थियो ।