३९ डिग्री नाघ्यो दाङको तापक्रम

ByNews

२०८१ जेष्ठ १७, बिहीबार ०७:२० २०८१ जेष्ठ १७, बिहीबार ०७:२० २०८१ जेष्ठ १७, बिहीबार ०७:२०
Spread the love


दाङमा यस वर्षकै बढी तापक्रम मापन गरिएको छ । बुधबार दाङमा अधिकतम तापक्रम ३९ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

न्यूनतम तापक्रम २५ दशमलव ४ डिग्री सेल्सियस र हावामा ओसको मात्रा ३१ प्रतिशत रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराहीकी प्रमुख श्रेया रिजालले जानकारी दिनुभयो । कार्यालयले यस वर्षकै अधिकतम तापक्रम बुधबार मापन गरेको हो । यसअघि जेठ ५ गते अधिकत तापक्रम ३८ दशमलव ४ डिग्री सेल्सियस मापन भएको थियो । दाङमा बितेको १० वर्ष यताकै उच्च ०७६ जेठ २ गते ३९ दशमलव ९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । मौसम विज्ञान विभाग फिल्ड कार्यालय घोराहीले दिएको जानकारी अनुसार ०७६ अघि ०७२ जेठ २५ गते अधिकतम तापक्रम ३९।३, ०७३ वैशाख ८ गते ३९।२ र ०७३ वैशाख १५ गते ३८।९ डिग्री सेल्सियस मापन भएको थियो । कार्यालयका अनुसार ०७९ मा सबैभन्दा धेरै वैशाख १३ गते ३७ डिग्री सेल्सियस पुगेको

थियो । त्यसपछि त्यस वर्षभरि ३७ डिग्री भन्दा कम तापक्रम रह्यो । तर २०८० असार ३ गते अधिकतम तामक्रम ३९ दशवल ५ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यतिबेलाकै जति तापक्रम मापन बुधबार पनि भयो । अझै तापक्रम बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विगत केही दिनदेखि दाङलगायत देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा बृद्धि भइरहेको छ । बढ्दो गर्मी र तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । अबको तीन दिनसम्म गर्मी उच्च हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरेको जनाएको छ । ती क्षेत्रका बासिन्दालाई गर्मीबाट बच्ने उपायहरु अपनाउन मौसमविद्को सल्लाह छ । महाशाखाले बुधबार विशेष बुलेटिन निकालेर अबका तीन दिनसम्म तातो हावा तथा तातो हावाको लहरको सम्भावना रहेको जनाएको छ ।

विद्यालय बन्द

अत्यधिक गर्मी बढेपछि दाङका तीन स्थानीय तहले दुई दिन विद्यालयमा विदा दिने निर्णय गरेका छन् ।

वैशाख १७ र १८ गते दुई दिन सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकाले सूचना प्रकाशन गर्दै अत्यधिक गर्मी बढेका कारण विद्यालयमा विदा प्रदान गरिएको जानकारी दिएका छन् । विद्यार्थी बेहोश हुने गरेको, शरीरको बाह्य भागमा एलर्जीहरु देखा परेको, विद्यार्थीहरुमा स्वास्थ्य समस्या देखा परेका सूचना प्राप्त भएको उल्लेख गर्दै हिउँदे र वर्षे विदाबाट कट्टा हुनेगरी दुई दिन विद्यालयमा विदा दिने निर्णय भएको जानकारी गराइएको हो । अत्यधिक गर्मी बढेसँगै दाङ सहित तराईका जिल्लाहरुको जनजीवन प्रभावित छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *