नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी साधन चार्जिङ स्टेशनले राम्रोसँग काम नगरेपछि सर्वसाधारणले दुःख पाएको समाचार जनआस्था अनलाइनमा प्रकाशित भएलगत्तै मकवानपुरका प्रमुख जिल्ला अधिकारीले चासो देखाएका छन् । हिजो बिहान ‘हेटौंडाको जंगलमा कुलमानलाई गाली गर्नेको हुल’ शीर्षक समाचार आएको थियो । सो समाचार पढ्नासाथ सिडिओ सूर्य सेढाईं चार्जिङ स्टेशनको स्थलगत अवस्था बुझ्न हेटौंडा नजिकैको रातमाटे जंगल पुगेका थिए ।
चार्जिङ स्टेशनले काम नगर्दा हण्डर खान विवश विद्युतीय सवारी साधनका चालक र यात्रुहरु प्राधिकरणका हाकिम कुलमान घिसिङलाई गाली गर्दै चारतिर धाउन विवश थिए । रातमाटे जंगलको छेउमा डेढ बर्षअगाडि स्टेशन ठड्याई अलपत्र छाडिएको थियो ।
आज जनआस्थासँगको कुराकानीमा सिडिओ सेढाईंले सर्वसाधारण मर्कामा परेको खबर पढेपछि वास्तविकता बुझ्न गएको बताए । उनले भने,‘म पुग्दा केही सवारी साधनसहित सात जना सेवाग्राही चार्जको सेवा लिन कोशिश गर्दै थिए । त्यहाँ चार फास्ट र दुई स्लो चार्ज नोजलसम्म देखियो तर एउटा बिग्रेको अवस्थामा रहेछ भने मोबाइलको डाटा र इन्टरनेट सुविधा नहुँदा शुरुमै स्क्यान गरी सो सुविधा लिन मिलेको पाइएन । ’
रातमाटेको चार्जिङ स्टेशन प्राधिकरणले डिभिजन वन कार्यालयको स्वीकृति बेगर गैरकानुनी ठाउँमा बनाएको पाइएको छ । वन क्षेत्रमा अनुमति नलिई संरचना बनाएकाले विद्युत प्राधिकरणलाई डिभिजन वन कार्यालय,हेटौंडाले उखेलेर लैजान बारम्बार ताकेता गरेको पाइएको छ ।
विद्युतीय सवारी साधनका चालकहरुले हैरानी पाएको उनी आफैँले देखेको बताए । प्राधिकरण, मकवानपुरका सागर ज्ञवालीलाई तत्काल त्यहीँबाट फोनसम्पर्क गरेर सर्वसाधारणले पाएको दुःखवारे ध्यानाकर्षण गराएको र तत्काल स्टेशन प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएको प्रजिअ सेढाईले जनआस्थालाई बताए ।
उक्त स्टेशन नमूनाको रुपमा डेढ वर्षअघि झण्डै एक करोड रुपैयाँको लागतमा निर्माण गरिएको बुझिएको छ । ‘सिम्बोलिक रुपमा कुलमाननिकट कुनै योन्जन ९ज्थयलवबल० मार्फत खडा गरिएको र निजी क्षेत्र अघि आएपछि खासै ध्यान नदिइएको,’ प्राधिकरण स्रोतले बतायो । उक्त चार्जिङ स्टेशन निर्माण कम्पनीले प्राधिकरणलाई हालसम्म हस्तान्तरण नगरेको बुझिएको छ ।
सर्वसाधारणले सवारी साधन चार्जिङ गर्ने क्रममा पाउनुपर्ने न्यूनतम सुविधा पनि उक्त स्थानमा उपलब्ध नभएकाले प्रमुख जिल्ला अधिकारीले प्राधिकरणका ज्ञवालीलाई तत्काल बस्ने स्थान र सुरक्षित शौचालयको प्रबन्ध गर्न निर्देशन दिइएको बताए । ‘मैले खानेपानीको व्यवस्था,शौचालयको उचित प्रबन्ध र घामपानीबाट जोगिन शेड बनाइदिन भनेको छु,’ अगाडि भन्छन्, ‘राज्यको उपस्थिति भनेको यस्तै स्थान र अवस्थामा पनि हुनुपर्छ ।’
प्राधिकरणकै नमूना चार्जिङ स्टेशनको हालत गएगुज्रेको अवस्थामा पाइएपछि हेटौंडामा रहेका अन्य चार्जिङ स्टेशनकोसमेत सिडिओ कार्यालयले अनुगमन गरेको छ । ‘हिजो अन्य दुई ठाउँका स्टेशन पनि हेरियो । हेटौंडा उपमहानगरपालिका र प्रदेश सरकारलाई चार्जिङ स्टेशन थप्ने र सहज सेवा उपलब्ध गराउनेतर्फ थप रचनात्मक हुन सुझाव दिइएको छ,’ सिडिओ सेढाईंले भने ।
यसैबीच रातमाटेको चार्जिङ स्टेशन प्राधिकरणले डिभिजन वन कार्यालयको स्वीकृति बेगर गैरकानुनी ठाउँमा बनाएको पाइएको छ । वन क्षेत्रमा अनुमति नलिई संरचना बनाएकाले विद्युत प्राधिकरणलाई डिभिजन वन कार्यालय,हेटौंडाले उखेलेर लैजान बारम्बार ताकेता गरेको पाइएको छ ।
तर एक करोडभन्दा बढी लगानी भइसकेको उक्त स्टेशन तत्काल उखेलेर अन्त लैजान कानुनतः सहज देखिँदैन । निर्माण सम्पन्न भएर ह्याण्डओभर नभइसकेको भौतिक संरचना अर्को स्थानमा लैजान निकै अप्ठेरो छ । अर्को व्यवस्था नगरेसम्म उक्त स्थानमा रहेको संरचनालाई यथावत राख्न वन कार्यालयलाई स्थानीय प्रशासनले दिएको निर्देशनका कारण प्राधिकरणको लाज केही समयका लागि जोगिएको छ ।
पथलैयाबाट हेटौंडा र हेटौंडाबाट पथलैयातर्फ जाउआउ गर्ने अधिकांश विद्युतीय सवारी साधनका चालक र यात्रुले प्राधिकरणको उक्त चार्जिंग स्टेशनमा भोगेको दुःख निकै पीडादायी छ । गत शनिबार दिउँसो जनआस्थाको एउटा टोली पनि दुःख भोग्ने सर्वसाधारणको लाइनमा परेको थियो ।
जंगलको छेउमा राखिएको चार्जिङ स्टेशनमा क्युआर कोडले काम नगरेका कारण सेवाग्राही क्रुुद्ध भएका थिए । विशेषगरी वाइफाइ कनेक्सनमा सँधै देखिने समस्या र बेलैमा मर्मत नगरिएका चार्जिङ नोजलका कारण विद्युतीय सवारी साधनहरु चार्जिङस्थल पुगेर त्यत्तिकै फर्कनु परेको छ । उक्त समस्या आजसम्म उस्तै छ । नेपाली बजारमा विद्युतीय सवारी साधनको खपत बढे पनि यस्तै हैरानी ठाउँ ठाउँमा भोग्नुपर्ने बाध्यताका कारण आगामी ४(५ बर्ष नयाँ सवारीको रहर कहर मात्रै भैरहने बानेश्वरस्थित प्रसिध्द क्ष्पबगि मीट सेन्टरका साहुजी तथा द्यथ्म् कारको भुक्तभोगी उपभोक्ता बल्लु खड्गीले बताए ।जनआस्थाबाट ।।