जेठ १८ गते शुक्रबारको तपाईको दैनिक राशिफल

ByNews

२०८१ जेष्ठ १८, शुक्रबार ०५:५४ २०८१ जेष्ठ १८, शुक्रबार ०५:५४ २०८१ जेष्ठ १८, शुक्रबार ०५:५४
Spread the love

वि।सं।२०८१ जेठ १८ गते शुक्रबार ई।सं।२०२४ मे ३१ नेपाल सम्बत ११४४ बछलागा अष्टमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण अष्टमी, चन्द्रमा कुम्भ राशिमा शतभिषा नक्षत्र, विषकुम्भ योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५स्०८ बजे भयो भने सूर्यास्त साँझ ०६स्५४ बजे हुनेछ ।

मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ०स् विगतका निर्णयले काम बिग्रन सक्ने सम्भावना छ तर अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । आजको दिन मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका जुर्नेछ । शुभ काममा आकर्षण बढ्ला । दाम्पत्यसुख बढ्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो०स् आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, यसप्रति सचेत रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह०स् कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । सचेत रहनुहोला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने योग छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । आरोग्यता भने बढ्नेछ । प्रतिष्पर्धी तथा शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डो०स् प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कतै अतिथिका रूपमा सम्मान पाइने योग छ । रमाइलो यात्रा होला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । आरोग्यता रहला । रसरागमा आकर्षण बढ्नेछ । आय वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे०स् धेरै परिश्रम गरेपनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंनु हितकर होला । पढाइमा राम्रै प्रगति होला । तर, बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ । सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि टो, प, पि, पु, ष, ण, ठ, पे, पो०स् आज काम बिग्रने भयले सताउला । प्रयत्नहरु निष्फल जस्तै हुन सक्छन् । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ, धैर्य राख्नु उपयुक्त हुनेछ । स्वादिष्ट भोजनको अवसर आएपनि स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनु उक्त होला । सहयोगीहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

तुला राशि र, रि, रु, रे, रो, ता, ति, तु, ते०स् दिन अनुकूलताले बित्ला । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । पठन(पाठनमा त्यति समय दिन नसकिएला । पराक्रम र सुख वृद्धि हुनेछ । विलासी काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु०स् द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्ने समय छ । सावधानी र विवेकले शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । यात्राको व्यवस्थापनमा खर्च हुने योग छ । बिनाप्रतिस्पर्धा फाइदा होला । रोकिएको काम बन्नेछ । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे०स् सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । तर, खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्नसक्ने योग छ । पढाइलेखाइमा समय दिन नसकिएला । मिठो भोजन प्राप्त हुनेछ । मान महत्व वृद्धि हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि भो, ज, जि, खि, खु, खे, खो, गा, गि०स् समय मिश्रित फलदायी छ । सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतको सामना गर्नपर्ला । तर, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । तपाईंको कमजोरीमाथि टिप्पणी हुनसक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने योग रहेकोले बोली र व्यवहारमा सजगता अपनाउनुहोला । भएको दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, द०स् समय केही चुनौतप्युक्त भएपनि भाग्यबल बढ्नेछ । महत्वपूर्ण काममा अवरोध आउन सक्छ, सन्तान एवम् मित्रजनको सहयोगले काममा फाइदा हुनेछ । आयआर्जन राम्रै हुनेछ । कामले प्रतिष्ठा दिलाउला । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । आत्मविश्वास र आरोग्यबल बढ्नेछ । शुभ समाचार प्राप्त हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ ।

मिन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि०स् दायित्व बढ्नेछ । आजको दिन आफू केही कमजोर भएको अनुभूति होला । अप्रिय समाचारले मन खिन्न रहला । व्यावसायिक काममा केही लाभ होला तर आर्जित धन तत्काल खर्च हुन सक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । काममा परिवारजनको सहयोग जुटाउने प्रयत्न गर्नुहोला । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *