काठमाडौँ, १९ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि संसद्मा पेश गरेको बजेटमा केही कमजोरी भेटिएमा त्यसको आलोचना गर्न सकिने बताउनुभएको छ । शनिबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा भएको एमाले संसदीय दलको बैठकमा सांसदहरूलाई सम्बोधन गर्दै ओलीले आफ्नो क्षेत्रमा अनियमित ढङ्गले बजेट वितरण गरिएको भए आवाज उठाउन सकिने बताउनुभएको हो ।
अध्यक्ष ओलीले बजेट वक्तव्यमा आएका केही विषयहरू उल्झनयुक्त, केही शब्दहरू उपयुक्त नहुने, त्यसको भाव, अर्थ र महत्वलाई बोक्न नसकेको अवस्था छ कि भन्दै ती कुराहरूलाई पनि हेर्न उनले निर्देशन दिनुभयो ।।