Spread the love

शरद रेग्मी,दाङ, २० जेठ । दाङको तुलसीपुरमा ट्राफिक र यातायात व्यवसायी बीच अन्तरक्रिया गरिएको छ । लुम्बिनी प्रदेशका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम बहादुर खत्रीको प्रमुख आतिथ्यता तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक राजेश शाही लगायत यातायात व्यवसायीहरुको सहभागितामा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी अन्तरक्रिया गरिएको हो ।

सो अवसरमा ट्राफिक प्रमुख खत्रीले दुर्घटना न्यूनीकरणमा हातेमालो गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा यातायात व्यवसायीहरुले सुझाव सहित दुर्घटना न्यूनीकरणमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
सो अबसरमा त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिका अध्यक्ष शुरेस हमालले दुर्घटना न्युनिकरणमा हातेमालो गर्दै अघि बढने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।


अध्यक्ष हमालले यातायात ब्यबसायि र ट्राफिक प्रहरिको सहकार्यमा मात्र दुर्घटना न्युनिकरणमा टेवा पुग्ने बताउनु भयो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *