यदी समयमै आगो निभाउन नसकेको र आगो पेट्रोल पम्पसम्म फैलिएको भए के हुन्थ्यो होला अबश्य पनि तुलसीपुर बजारमा ठूलो क्षति हुने त्रासदी आगलागीका क्रममा स्थानीयमा फैलिएको थियो
आइतबार दिउँसो साढे १ बजेतिर तुलसीपुरको तुलसी पेट्रोल पम्प नजिकैको कारमा एकाएक आगो लाग्यो ।
रा १ च १४६४ नम्बरको कार तुलसीपुर उपमहानगरपालिका – ६ स्थित तुलसी पेट्रोल पम्पमा तेल भर्न भनी लगिएको थियो ।
ब्यस्त बजार बीचको पेट्रोल पम्प नजिकै एकाएक कारमा आगो लाग्दा त्रास नफैलिने कुरै थिएन । मानिसहरुको दौडधुप सुरु भयो । मानिसहरु अत्तालिए । के गर्ने नगर्ने मनस्थितिमा मानिसहरु थिए ।

कसैले आगोलागी भएको कारलाई भाँटाको साहेताले ठेल्न थाले । त्यसमा अन्य सर्वसाधारण र पेट्रोल पम्मका कर्मचारीपनि लागे । कारलाई ठेल्दै केही पर सडक किनारसम्म पु¥याइयो ।
ढिला नगरी पेट्रोल पम्पको फायर एक्सट्विङसरको साहेताले कारमा लागेको आगो निभाउन स्थानीय र कर्मचारी खटिए । केही बरमै तुलसीपुर उपमहानगरपालिकाको दमकल आइ पुग्यो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोख्रेल नेतृत्वको टोली घटनास्थल आइ पुग्यो । सबैको सक्रियताले आगलागी भएको झन्डै आधा घन्टाको अन्तरालमा पूर्ण रुपमा आगो आयो ।
समयमै आगो निभ्यो ।
यदी समयमै आगो निभाउन नसकेको र आगो पेट्रोल पम्पसम्म फैलिएको भए के हुन्थ्यो होला अबश्य पनि तुलसीपुर बजारमा ठूलो क्षति हुने त्रासदी आगलागीका क्रममा स्थानीयमा फैलिएको थियो ।
डिएसपी पोख्रेलका अनुसार स्टार्ट गर्ने क्रममा एकाएक कारमा आगोलागी भएको हो ।
कार पुरानो हुनु र वाइरिङको गडबढीले स्टार्ट गर्ने क्रममा कारमा आगोलागी भएको उनले बताए ।
आगलागी भएको कार ड्राइभिङ सेन्टरको हो ।
