विधेयक अघि बढाउन सहयोग गर्न देउवालाई आग्रह

ByNews

२०८१ जेष्ठ २२, मंगलवार ०९:२४ २०८१ जेष्ठ २२, मंगलवार ०९:२४ २०८१ जेष्ठ २२, मंगलवार ०९:२४
Spread the love

काठमाडौँ —संसद् गतिरोध अन्त्य भएको एक सातापछि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संक्रमणकालीन न्यायको बाँकी काम टुंग्याउनेलगायत विषयमा सोमबार छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीचको छलफलमा ‘राष्ट्रिय महत्त्वका मुद्दामा मिलेर जाने’ बारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

उनले हिउँदे अधिवेशन लामो समय अवरुद्ध हुँदा संक्रमणकालीन न्यायलगायत करिब ५ दर्जन विधेयक थन्किएको उल्लेख गर्दै त्यसलाई अघि बढाउनेबारे छलफल भएको बताए । ‘संघीयता कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन, अरू अत्यावश्यक विधेक संसद्बाट पास गर्नेबारे तीन नेताबीच छलफल भएको हो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यू र एमले अध्यक्ष केपी ओलीले राष्ट्रिय महत्त्वका विषयमा मिलेर जाऔं भन्ने आग्रह गर्नुभयो ।’

संकटग्रस्त सहकारी पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीको रकम गोर्खा मिडियामा ल्याएर दुरुपयोग भएको सम्बन्धमा संसदीय छानबिन समितिले छानबिन गर्ने सहमतिपछि कांग्रेसले संसद्को गतिरोध अन्त्य गरेको थियो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *