मधेस प्रदेश : गठबन्धनले सरकारमा दाबी पेस गर्दै, आजै मुख्यमन्त्रीको शपथ

ByNews

२०८१ जेष्ठ २५, शुक्रबार ०८:०८ २०८१ जेष्ठ २५, शुक्रबार ०८:०८ २०८१ जेष्ठ २५, शुक्रबार ०८:०८
Spread the love

काठमाडौँ । मधेस प्रदेश नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदै छ । बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् ।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएको थियो ।

सत्ता गठबन्धनले आज बिहान ७ बजे जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखसमक्ष नामावली बुझाउने भएका छन् । सिंह सप्तरी २(१)बाट निर्वाचित सांसद हुन् ।

स्रोतका अनुसार नेकपा एमालेले चार मन्त्रालय, जनमतले मुख्यमन्त्रीसहित तीन मन्त्रालय, माओवादी र नेकपा एसले २/२ मन्त्रालय लिने सहमति भएको छ ।

नवनियुक्त मुख्यमन्त्रीलाई आजै बिहान ११ बजे शपथ ग्रहण गराउने प्रदेश प्रमुखको तयारी छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *