सुटुक्क कोठामा पुग्दा टीकासँगै भेटिएका थिए सेनाका जवान
दाङमा हत्या गरिएकी ३१ वर्षीया टीका रावत र उनको हत्यामा संलग्न ३६ वर्षीय शालिकराम बुढाथोकीबीच दस दिनअघि मात्रै सम्बन्ध बिच्छेद भएको खुलेको छ।
तुलसीपुर उपमहानगरपालिका( ६ राप्ती टोलमा डेरा गरी बसेकी ३१ वर्षीया टीका रावतको शुक्रबार बिहान ८स्४० बजे डेरानजिककै अर्को घरमा हत्या भएको थियो।
प्रत्यक्षदर्शीहरूको सूचनाको आधारमा प्रहरीले एक घन्टामै मृतककी श्रीमान् भनिएका ३६ वर्षीय शालिकराम बुढाथोकीलाई पक्राउ गरी सोधपुछ गर्दा उनीहरुको दस दिनअघि सम्बन्धबिच्छेद भएको खुलेको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार बुढाथोकी नेपाली सेनाका अमलदार हुन्। उनी ज्वालादल गण बारामा कार्यरत छन्।
उनी एक महिनाअघि मात्रै शान्ति मिसनबाट फर्किएका थिए। जिल्ला अदालत सल्यानबाट जेठ १४ गते शालिकराम र टीकाबीच सम्बन्धबिच्छेद भएको फैसला गरेको थियो।
शुक्रबार बिहान साढे ८ बजेतिर शालिकराम टीका बस्ने कोठामा सुटुक्क पुगेका थिए। त्यहाँ उनले टीकालाई अर्कै पुरूषसँग देखेपछि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
ीबहmष् दबलप
प्रहरीका अनुसार २९ वर्षीय आर्यन थापा पनि टीकाकै कोठामा थिए। थापा अछाम जिल्लाको कमल बजार नगरपालिका– ४ घर भइ हाल तुलसीपुरको १९ नम्बर बाहिनीमा कार्यरत जवान हुन्।
शालिकरामले सुरूमा आर्यनमाथि खुकुरी प्रहार गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ। अन्धाधुन्ध खुकुरी प्रहार भएपछि उनी त्यहाँबाट भागेको अनुसन्धानबाट खुलेको छ। थापाको टाउको, हात र छातीमा चोट लागेको छ।
ल्अजल्अिभिि
आर्यनमाथि खुकुरी प्रहार भएपछि टीका कोठाबाट भागेर छिमेकीको घरको पहिलो तलामा लुकेकी थिइन्। शालिकरामले उनलाई फेला पारी घाँटी लगायत शरिरका विभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरेर निस्किएका थिए।
घाइते जवान आर्यन भने खतरामुक्त रहेको डिएसपी पोखरेलले जानकारी दिए। उनको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।
महिलाको हत्या गरेपछि उनी खुकुरी लिएरै हिँडिरहेको अवस्थामा प्रहरीले उच्च अदालत तुलसीपुर नजिकबाट पक्राउ गरेको हो। उनले टीकाको हत्या गरेको प्रहरीसामु स्वीकार गरिसकेका छन्।
प्रहरीका अनुसार शालिकराम र टीकाको सात वर्षीय छोरा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी पोखरेलले जानकारी दिए।