पत्रकार महासङ्घको चुनाव सर्‍यो

ByNews

२०८१ जेष्ठ २६, शनिबार ०८:०५ २०८१ जेष्ठ २६, शनिबार ०८:०५ २०८१ जेष्ठ २६, शनिबार ०८:०५
Spread the love

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको चुनाव सरेको छ । २७औँ महाधिवेशनले आजका लागि तय गरेको चुनाव असार महिनाका लागि सारिएको हो ।

मतदाता नामावलीमा देखिएको विवादका कारण चुनावको मिति सारिएको महासङ्घका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए ।

उनका अनुसार विवाद समाधानको प्रयास जारी भएकोले अध्यक्ष मण्डलसँगको परामर्शमा मतदानको मिति सारिएको हो ।

असार दोस्रो साताभित्र मतदान गर्ने उल्लेख भए पनि नयाँ मिति भने तोकिएको छैन ।

साथै, निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एशोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन पोखरेलले आग्रह गरेका छन् ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *