Spread the love

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर प्रसाद पोखरेलले मोवाइल गाडीको लागि, क्यूआर, राप्ती प्रादेशिक अस्पतालको लागि र उजुरी शाखाको लागि छुट्टा छुटै मोवाइल सेट र मोवाइल नम्वरको व्यवस्था गरेको उनको भनाई छ । कुनै घटनाभएमा सम्पर्क गर्न र सहजै सूचना आदान प्रदान गर्न ४ स्थानमा मोवाइल सेट राखिएको उनले बताए ।

मोवाइल गाडीको लागि ९७६४३४७९४५, क्यूआरटिको लागि ९७६४३४७९४४, राप्ती प्रादेशिक अस्पतालको लागि ९७६४३४७५६३, र उजुरी शाखाको लागि ९७६४१९५९६६ मोवाइल सेट राखेको राखिएको छ ।

यस बाहेक अफिसको नम्बर ०८२५२००२० र कार्यालय प्रमुखको ९८५७८९००८८ मा पनि सम्पर्क गर्नुहुन उहाले आग्रह गर्नुभएको छ ।
कहि कसैले केहि जानकारी दिन खोज्यो तथा घटना घटेर प्रहरीलाई खवर गर्नु परेमा यो नम्वरमा जानकारी दिन र लिन सकिने उनले जानकारी दिए ।

‘अव केहि जानकारी दिन तथा सूचना लिन १०० र कार्यालय प्रमुखलाई खोज्नु पदैन आवश्यक कामका लागि मोवाइलमा जान बुझन पाइन्छ –उनले भने ।’ पोख्रेलले सानो तिनो कामका लागि कार्यालयमै आउने र आफुलाई सोध्नु नपर्ने बताए । ‘उजुरीको विषयमा केहि जानकारी लिनु परे उजुरी शाखाकोको नम्वर छ, केहि घटना भयो भने मोवाइल गाडीका लागि पनि नम्वर छ अव कार्यालयमै जानकारी गराउनुपर्छ भन्ने होइन सहज छिटो र छरितो सूचना लिन दिन सकिन्छ उनले भने ।’

इलाका प्रहरी कार्यालय तुलसपुरको मातहतमा ४ वटा अन्य इलाका प्रहरी कार्यालय रहेका छन भने ५ वटा प्रहरी चौकी र ९ वटा अस्थायी प्रहरी चौकी रहेका छन ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *