अटोमा सवार पाँचजना घाइते, ३ जनाको अवस्था गम्भीर

ByNews

२०८१ जेष्ठ २६, शनिबार १६:४९ २०८१ जेष्ठ २६, शनिबार १६:४९ २०८१ जेष्ठ २६, शनिबार १६:४९
Spread the love

दाङमा बसले अटोलाई ठक्कर दिँदा त्यसमा सवार पाँच जना घाइते भएका छन्।
शनिबार अपराह्न पौने ४ बजे दाङको तुलसीपुर उपमहानगरपालिका-७ स्थित राप्ति राजमार्गमा रा १ ह २२०७ नम्बरको अटोलाई तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले ठक्कर दिएको हो।
बसको ठक्करबाट अटोमा सवार रहेका पाँच जना घाइते भएको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
गम्भीर घाइते‍हरू दुई वर्षका, ८ वर्षका र १२ वर्षका बालक रहेको प्रहरीले जनाएको छ।
Laxmi bank
उनीहरूलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पताल पठाइएको छ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *