संसद्लाई समृद्धिका लागि बहस गर्ने ठाउँ बनाउन जरुरी छः अध्यक्ष ओली

ByNews

२०८१ जेष्ठ २७, आईतवार ०५:१९ २०८१ जेष्ठ २७, आईतवार ०५:१९ २०८१ जेष्ठ २७, आईतवार ०५:१९
Spread the love

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रचुर सम्भावना बोकेको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गरी देश विकास गर्न सकिने बताएका छन्।

नेकपा (एमाले) पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभागको प्रकाशन ‘नेपालमा पर्यटन अवस्था, चुनौती र सम्भावना’ नामक पुस्तकको यहाँ लोकार्पण गर्दै उनले विश्वको सर्वोच्च शिखर सगरमाथामात्र नभई हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रसमेत नेपाल भएको हुँदा पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना रहेको बताए ।

पूर्वप्रधानमन्त्री ओलीले भने, “देवभूमि, ज्ञानभूमि, बुद्धजन्म भूमि र तपभूमिका रूपमा रहेको नेपालमा पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना छ । राम जन्मभूमिसमेत चितवनमा पर्छ, बुद्धिजमको विकास यहीँ भएको हो । हिन्दू र बुद्ध धर्मको प्रवर्द्धन पनि यहीँबाट भएको छ ।”

विश्वमै शल्यक्रिया गर्ने पहिलो अभ्यास नेपालमै भएको धार्मिक ऐतिहासिक घटनाले पुष्टि गरेको बताउँदै उनले ऋषि, महर्षिका ध्यान र तपस्या गर्ने स्थानका रूपमा समेत नेपाल रहेको उल्लेख गरे । यीनै सम्भावनाहरूको विकास र प्रवर्द्धन गर्दै देशको राजनीतिलाई सुन्दर र स्वास्थ्य तुल्याउँदै जनताका समस्या हटाउने अभियानमा सरिक हुन आवश्यक रहेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले नेपालमा पर्यटनको अवस्था चिन्न, चुनौती बुझ्न र प्रवर्द्धन गर्न पुस्तकले मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे । उनले भने, “मुलुकमा अहिले जस्तो अवस्था छ, त्यसप्रति कसैलाई चित्त बुझेको छैन, चित्त बुझेन भनेर खुम्चिएर बस्ने वा विदेश पलायन हुने होइन । विचलित नभई सकारात्मक सोचले काम गर्नुपर्छ, देश बनाउन सकिन्छ, त्यो सम्भव छ । अर्काको देश आश्रय हुन सक्दैन । यस कार्यमा पुस्तकले पनि मार्गनिर्देश गर्ने अपेक्षा गरेको छु ।”
आफूहरू शान्तिपूर्ण र न्यायपूर्ण समाज बनाउन प्रयासरहत रहेको बताउँदै अध्यक्ष ओलीले संसद्लाई गालीगलौज गर्ने थलोका रूपमा नभई समृद्धिका लागि बहस गर्ने ठाउँ बनाउन जरुरी रहेको विचार प्रकट गरे ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *