Spread the love

डिभिजन वन कार्यालय घोराही दाङका सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले आफ्नो कार्यालयको कार्य क्षेत्र रहेको बबई गाउँपालिकाका १५, शान्तिनगर गाउँपालिककाका ६ वटा र बङ्गलाचुली गाउँपालिककाको एउटा वन समूहमा कार्ययोजना बनाइएकोमा त्यस मध्ये १९ वटा वन समूहमा काम थालिएको जानकारी दिनुभयो

हेमराज शर्मा,दाङ, जेठ ३० । डिभिजन वन कार्यालय घोराही दाङले बुधवार जिल्लामा थालिएको सम्वर्द्धन प्रणालीमा आधरित वन व्यवस्थापनबारे सरोकारवालाबीच छलफल गरेको छ । कार्यक्रममा वन सम्वर्द्धन प्रणालीबारे जानकारी, यसको महत्व, डिभिजन वन कार्यालय घोराहीबाट सम्वर्द्धन प्रणालीमा आधारित वन ब्यवस्थापन कार्यको प्रगति, अवसर, समस्या र चुनौतीबारे जानकारी तथा सरोकारवालाहरूको सुझाव संकलन गरिएको छ ।
डिभिजन वन कार्यालय घोराही दाङका सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठको सभापतित्व एंव सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामुदायिक वन कार्यालय उपभोक्ता समूहका पदाधिकारी तथा प्रतिनिधि, वनकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालय घोराही दाङका सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले आफ्नो कार्यालयको कार्य क्षेत्र रहेको बबई गाउँपालिकाका १५, शान्तिनगर गाउँपालिककाका ६ वटा र बङ्गलाचुली गाउँपालिककाको एउटा वन समूहमा कार्ययोजना बनाइएकोमा त्यस मध्ये १९ वटा वन समूहमा काम थालिएको जानकारी दिनुभयो । जसबाट यस वर्ष करिव १ लाख ५५ हजार क्वीफिट काठ र ४ सय चट्टा दाउरा संकलन हुने आकलन गरिएको बताउनुभयो । सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन उपभोक्ता सहित सबै पक्षको सहयोगबाट अघी बढाइएको र यसबाट वन क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्य योजना बनाई बुढा उमेर पुगेका रुख काट्ने, काटिएको स्थानमा बिरुवा रोप्ने, रोपिएको वा पुनउत्पादन भएको बिरुवाको संरक्षण गर्ने र हर्काउने र दिगो रुपमा वन क्षेत्रको संरक्षण र विकास गर्ने गरी काम थालिएको सिनियर डिभिजनल वन अधिकृत श्रेष्ठको भनाई छ । कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालले उपभोक्ताहरुको सहभागितामा थालिएको यो प्रणालीबाट वनको हैसियत सुध्रने र उपभोक्ताहरुको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । 

वैज्ञानिक वन सञ्जालका फर्साराम भुसालले सबै पक्षको समन्वयमा जिल्लामा वन पैदावारको आपूर्तिमा सहज ल्याउने गरी काम थाल्नुपर्नेमा जोड दिनुभयो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *