बढदै तापमान,सुक्दै मुलहरु

ByNews

२०८१ असार १, शनिबार १९:३३ २०८१ असार १, शनिबार १९:३३ २०८१ असार १, शनिबार १९:३३
Spread the love

खेमराज रिजाल
तुलसीपुरका पुराना समाजसेवी गोपिनाथ योगीका अनुसार विसं १९८० को दशकमा सल्यानको फालावांगी राजाले तुलसीपुरमा वेलायती शैलिको एउटा दरवार बनाए । त्यो समयमा राजा हिउदमा तुलसीपुर बस्थे र बर्षाको मैसममा सल्यानको फालावाङ दरवार जान्थे ।

तुलसीपुर बस्ने क्रममा उनले पातुखोलामा दुइ वटा कुवा बनाए, पिउने पानीकालागी । ती कुवाहरुमा रानीले नुहाउथिन । त्यसैले ती कुवालाइ रानी जरुवा पनि भनिन्थ्यो । ती कुवाहरु यति ठुला थिएकि मानिसलाइनै डुवाउने । ती दुइ कुवाले त्यो वेलाको पुरै तुलसीपुरलाइ पानीको जोहो गर्न पुग्थ्यो । तर अहिले ती कुवाहरुको निसाना मात्रै छ ।

‘टरीगाउ देखि हात्तिखौवा सम्मका स्थानियबासीलाइ त्यहि जरुवाको पानीले पुग्थ्यो, तर अहिले ती जरुवाहरु सुकिसकेका छन्’, योगि भन्छन् । कुवा सुक्नुका दुइ कारण छन् । पहिलो त जरुवा खनेको केहि बर्षपछि थरकोटबाट ठुलो पहिरो आयो र पातुखोलाको भुभाग माथि उठ्यो, जरुवा भसिन पुगे । दोस्रो कारण भनेको उत्तर तर्फका महाभारत पहाडहरुमा रुखहरु पातलिदै गए ।

पानी सोसिन कम भयो, त्यसले पनि कुवा विस्तारै सुकिसके । जमिनमुनीको पानीको सतहपनि बर्षेनी भासिदै जानथालेपछि अहिले खानेपानी उपलव्ध गराउने संस्थाहरुलाइ समेत हम्मे हम्मे भएको छ

पानीका श्रोतहरु सुक्दै जानथालेपछि उपभोक्ता संस्थाहरुले वितरण प्रणालिलाइनै फेरवदल गरी पानीमा लोडसेडिङ सुरु गरीसकेका छन् ।

त्यस्तै प्रसंग तुलसीपुर उपमहानगरपालिका—१७ मानपुर बजार नजिक एउटा जरुवा छ । तात्कालिन अन्चलाधिस सत्यनारायण झाले त्यो जरुवामा पन्चेधारा बनाए । ती धाराको पानी लिन मानपुर मात्रै होइन साइपुर, लालपुर, जमुनी तथा फचकलुवाबाट समेत मानिस आउथे ।

ती गाउहरुको पनीको जोहो यहि पन्चेधाराले टाथ्र्यो । तर अहिले ती धाराहरु पनि नाम मात्रका छन् । तुलसीपुर उपमहानगरपालिका—१७ का वडाध्यक्ष थलराज पुरी मानपुर निवासीनै हुन् । उनको स्मरणमा विसं २०२० शालमा पन्चेधारा निर्माण अन्चलाधिस स्वयमले गरेका हुन् ।

‘अहिले त नाम मात्रका पन्चेधारा भएका छन्, उ वेलाको पनी र अहिले धारामा आउने तिरतिर पानीमा त आकाश जमिनको फरक छ’, वडाध्यक्ष पुरी भन्छन्, यो सवै प्राकृतिक विनासका कारण भएको हो ।

माथि उल्लेख गरिएका सार्वजनिक जरुवा त नमुना मात्र हुन्, दाङ जिल्लामा यस्ता धेरै जरुवा र पानीका मुहानहरु चक्रक्कै सुकिसकेका छन् । तापमान बर्षेनी बढिरहेको छ । यसले दाङ जिल्लालाइ क्रमश सुख्खा मरुभुमिकरण तर्फ लैजान थालेको छ ।

मुहान सुक्नुका कारण चुरे तथा महाभारत श्रृंखलाहरुमा हरीयाली विनास हुदै जानु हो भने अर्को मुल फुट्न छाड्नुको कारण बर्षातमा परेको पानी सोहि स्थानमै संस्लेषण हुन नसक्नु पनि हो । ‘जहा रुख विरुवा प्रसस्त हुदैनन् र खालि जमिन मात्रै छ भने त्यहां पानी रिचार्ज हुने संभावना रहदैन, सायद दाङ जिल्लाको समस्या भनेको त्यस्तै हुन सक्छ’, जल तथा मौसम विज्ञान विभागका मौसमविद सुदर्शन हुमागाइ भन्छन् ।

जमिनमुनीको पानीको सतह भासिदै जानु र मुल नफ्ट्नुको कारण पनि यहि भएको हुमागाइको भनाइ छ । मौसमविद हुमागाइका अनुसार पानीको रिचार्ज बढाउने उपाय भनेकै चुनढुंगाको उत्खननन् रोक्नु र हरीयालीको क्षेत्र विस्तार गर्नु नै हो ।

यसमा स्थानिय सरकारहरुको पहिलो पहलकदमी हुनु आवस्यक छ । डोजर इन्जिनियरीङका कारण पनि बन विनास अलि बढिनै हुने गरेको पनि उनको बुझाइ छ ।

दाङ जिल्लाकै अवस्था हेर्ने हो भने चुरे संरक्षणमा सरकारी तदारुकता छैन, अनि महाभारत क्षेत्र पनि विस्तारै उजाड बन्दै गएको छ । यसले बार्षिक बर्षातको दर पनि कमजोर बन्दै गएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविदका अनुसार विगत ३० बर्षको औषत बार्षिक बर्षातको दर १ हजार ६ सय ७ मिलिमिटर हो ।

जति बर्षात हुन्छ त्यसको कम्तिमा दशप्रतिसत सोहि क्षेत्रमै सोसिनु पर्ने हुन्छ, तर यो प्राकृतिक सन्तुलन दाङमा देखिएको छैन । नत यहां औषत बर्षात हुने गरेको छ, नत बर्षातको पानी औषत संस्लेषणनै हुने गरेको छ ।

बढ्दो बसाइसराइको चापले बढिरहेको शहरीकरण, कृषियोग्य जमिनमा अस्वाभाविक प्लटिङ तथा पक्कि नाला सडक निर्माण गरीदा पनि बर्षातको पानी वगेर जाने अवस्था छ । यसमा पनि स्थानिय सरकारहरुले गम्भीरता पुर्वक ध्यान दिन आवस्यक भएको पनि मौसमविदहरुको आग्रह छ ।

जलवायु परीवर्तनको असरका कारण अतिबृष्टि, अनाबृष्टि र खण्ड वृष्टि बढिरहेको छ । छोटो समयमा ठुलो पानी पर्नु पनि प्राकृतिक सन्तुलनकालागी घातक हो । मसिनो पानी पर्दा जति पानी जमिनमा सोसिन्छ भारी बर्षात भएको समयमा त्यसरी पानी सोसिन पाउदैन ।

विगतका दश बर्षको तथ्यांक हेर्दा दाङ जिल्लाको अधिक्तम तापक्रम औषत ३७ डिग्रि सेल्सीयस थियो । यो बर्ष अधिक्तम तापक्रम ४० दशमलव २ डिग्रि सेल्सीयस पुगेको छ । यो तथ्यांक दाङको मौसम फिल्ड कार्यालय दाङको हो ।

मौसम फिल्ड कार्यालयका प्रमुख श्रेया रिजालले दिएको जानकारी अनुसार दाङ जिल्लामा बुधवार अधिक्तम तापक्रम ४० डिग्रि सेल्सीयस मापन गरिएको छ । बार्षिक बर्षातको रेकर्ड भने फिल्ड कार्यालयले उपलव्ध गराउन सकेको छैन ।

पानीमा सरकारी वेवास्ता

नेपालको संविधान २०७२ को धारा ३५ को उपधारा ४ मा खानेपानीलाइ नागरीकको मौलिक हकका रुपमा स्थापित गरेको छ । यसको अर्थ आम नागरीकलाइ राज्यले सहज रुपमा स्वस्थ पिउने पानी उपलव्ध गराउनै पर्ने छ । तर संविधानको यो धारा कार्यान्वयनमा आउन निकै चुनौति छ ।

किनकि खानेपानी उपभोक्ता संस्थाले वितरण गरेको धारामै पानी प्रयाप्त पानी छैन । त्यसो त सरकारले आफ्नो दिगो विकाश लक्षमा पनि सन २०३० सम्म आम नागरीकलाइ सहज र सुलभ रुपमा स्वच्छ र सफा पिउने पानी उपलव्ध गराइसक्ने लक्ष लिएको छ ।

यो लक्ष हासिल गर्नकालागी नेपाल सरकारसंग करीव ६ बर्ष मात्रै छ । तर दाङ जिल्लाकै तथ्यांक हेर्ने हो भने पनि अहिले जिल्लामा पाइप प्रणालिबाट पानि उपभोग गर्नेको संख्या बढिमा ५६ प्रतिसत मात्रै रहेको छ ।

खानेपानी डिभिजन कार्यालयका अनुसार यो बर्ष खानेपानीका योजनाकालागी जम्मा ३९ करोड रुपैया मात्रै आएको थियो । यसमा करीव ६१ प्रतिसत खर्च त भयो, तर उपभोक्ताको मागलाइ यसले संबोधन गर्न सकेको छैन । डिभिजन खानेपानी कार्यालय दाङका प्रमुख तिलक न्यौपाने भन्छन्,‘पछिल्ला केहि बर्षयता खानेपानी आयोजनामा आउने बजेट हरेक बर्ष घटिरहेको छ, यसले उपभोक्ताका मागलाइ सम्वोधन गर्न सकिएको छैन ।’, संविधानमा मौलिक हक भनेर उल्लेख गरिएपनि राज्यलेनै खानेपानीलाइ प्रार्थमिकतामा राख्न सकेको छैन ।

डिभिजन प्रमुख न्यौपाने भन्छन्, स्वच्छ र सफा पिउने पानी उपलव्ध गराउन त अझै धेरै खुड्किला पार गर्नुपर्ने छ । ‘हामीले खानेपानीको बजेट बढाउन हरेक बर्ष थप योजना र कार्यक्रम पठाइरहेका छौं, तर माथिल्लो निकायबाट सवै क्षेत्रमा यस्तै समस्या भएको भन्दै बजेट कटौति हुने गरेको छ’, डिभिजन प्रमुख न्यौपाने भन्छन्, आगामि आर्थिक बर्षकालागी पनि खानेपानीको बजेट घटेरै आउने छ ।

पछिल्ला केहि दशक देखि सरकारले आम नागरीकलाइ पिउने पानी उपलव्ध गराउने र व्यवस्थापन गर्ने जिम्मा उपभोक्ता संस्थाहरुलाइनै छाडिदिएको छ । मुहानको खोजि गरेर ओभरहेड ट्यांकिबाट पानी वितरण गर्नुपर्ने भएमा मात्र सरकारले उपभोक्ताहरुसंगको सहलगानीमा खानेपानी आयोजनाकालागी बजेट विनियोजन गर्ने गरेको छ ।

बांकि टुक्रे योजना र मुहानको खोजि तथा संरक्षण सवैको जिम्मा उपभोक्ता समितिमै थोपरीएको छ । ‘मौलिक हकका रुपमा त पिउने पानीलाइ राखियो, तर उपभोक्ताहरुलाइ दिर्घकालिन रुपमा स्वच्छ पिउने पानी उपलव्ध गराउने कुनै पनि सरकारी च्यानल छैन, सवै जिम्मा उपभोक्ता संस्थालाइ थोपरीएको छ’, तुलसीपुर उपमहानगरपालिका—१८ र १७ का उपभोक्तालाइ पिउने पानी उपलव्ध गराउदै आएको छर्छरे खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष गेहराज पौडेल भन्छन् ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *