तुलसीपुरमा खानेपानीको हाहाकार

ByNews

२०८१ असार २, आईतवार १६:२१ २०८१ असार २, आईतवार १६:२१ २०८१ असार २, आईतवार १६:२१
Spread the love

पाच महिनादेखि धारामा पानि नआउदा नगरवासिहरु समस्यामा

लामो समयदेखिको खडेरीका कारण दाङको तुलसीपुरका विभिन्न क्षेत्रमा खानेपानीको हाहाकार हुन थालेको छ ।

खडेरीले पानीका मुहान सुक्न थालेपछि खानेपानीको हाहाकार भएको हो । पानीका मुहान सुक्दै गएपछि उपभोक्तालाई पिउन, नुहाउन, कपडा धुन, चौपायालाई पानि खुवाउन समेत समस्या भएको छ ।
खडेरीका कारण मुहान सुक्न थालेपछि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले पानी वितरणमा समेत कटौती गरेको छ ।

बिहान बेलुका डेढदेखि २ घण्टा पानी दिने तुलसीपुर खानेपानीले बिहान साँझ १ घण्टा, केही उपभोक्तालाई आधा घण्टा खानेपानी दिँदै आएको समितिका अध्यक्ष यमकान्त भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार केही उपभोक्तालाई दिन विराएर धारामा पानी दिदै आएको छ भने केहीलाई दिनको एक पटक मात्रै पानी दिने गरेको छ ।

धारामा पानी सानो आउने उपभोक्ताको गुणासोलाई स्वीकार गर्दै उहाँले पानी ट्यांकीमा नै पानी कम भएकाले प्रयाप्त मात्रामा पानी पु¥याउन नसकिएको उहाँको भनाई छ । तुलसीपुर खानेपानीले ३ नंबर वडादेखि १२ नंबर वडासम्मका ९ वटा वडाका उपभोक्तालाई पानी वितरण गर्दै आएको छ । आजभोली खडेरीका कारण धारामा पानी पु¥याउन नसकेको ठाउँमा विहानदेखि साँझसम्म ट्यांकरमार्फत पानी वितरण गर्दै आएको बताउनु भयो ।

तुलसीपुर ६ को रजौरा स्थित लक्ष्मी टोल, शिखर कोलेनी टोल, बरुवा गाउँ, १२ को कपडादेवी, एयरपोट, ७ को पातु लगायतका क्षेत्रमा पानी नभएका कारण ट्यांकरमार्फत खानेपानी वितरण हुँदै आएको अध्यक्ष भण्डारीले बताउनु भयो । यसरी पानी नियमित आउन छोडेपछि खानेपानीको समस्या बढ्दै गएको छ । खडेरीले तुलसीपुर बजारमा मात्र पानीको समस्या देखिएको छैन, मुहान सुक्दै गएपछि गाउँघरमा समेत खानेपानीको हाहाकार हुन थालेको छ ।

गाउँका कुवाहरु पनि सुक्न थालेका छन् । पानीको हाहाकार हुन थालेपछि स्थानीयहरु थप समस्यामा परेका छन ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *