काठमाडौं उपत्यकामा गएरातिदेखि नै वर्षा भइरहेको छ । पूर्वबाट आएको मौसमी प्रणाली र स्थानीय वायुका कारण काठमाडौंमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पनि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौं धुम्म छ ।
महाशाखाका अनुसार काठमाडौंमा दिउँसो केही समय मौसम खुले पनि साँझसम्मै वर्षाको सम्भावना छ ।
काठमाडौंमा राति देखिनै वर्षा भए पनि हवाई सेवा भने नियमित छ । हवाई उडान र अवतरण नियमित रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
रातिदेखि नै वर्षा भएका कारण काठमाडौंमा आज तुलनात्मक रूपमा शीतल हुनेछ । काठमाडौंको अधिकतम तापक्रम आज २८ देखि ३० डिग्री सेल्सियसबीच रहने अनुमान छ ।