काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।
बैठक बुधवार दिउँसो ३ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्ने गरी बोलाइएको छ । समितिले बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल गर्ने सम्भावित कार्यसूचीमा जनाएको छ ।