Spread the love

काठमाण्डौं,६ असार । नेपालमा प्रत्येक वर्ष पाँच दशमलव शून्य प्रतिशतका दरले लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ । लागूऔषध दुर्व्यसनी, कानूनी कारबाही र अहिलेको व्यवहारबारे पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा रिकभरिङ नेपालले प्रस्तुत गरेको तथ्याङ्क अनुसार बर्सेनि पाँच प्रतिशतभन्दा धेरै प्रयोगकर्ता थपिने गरेको देखिएको हो ।

नेपालमा लागूऔषध प्रयोगकर्तामध्ये झन्डै ७५ प्रतिशत १५ देखि २४ वर्ष उमेर समूहका रहेका पाइएको छ । गृह मन्त्रालयको प्रतिवेदनअनुसार २०७६ सालमा देशभर अनुमानित एक लाख ३० हजार चार सय २४ जना लागूऔषध प्रयोगकर्ता रहेका थिए । कुल लागूऔषध प्रयोगकर्तामध्ये सात प्रतिशत महिला प्रयोगकर्ता पाइएको छ । रिकभरिङ नेपालका कार्यक्रम व्यवस्थापक राजु जोशीले लागूऔषधको प्रयोगकर्ता, व्यापारी र अपराधलाई एकै ठाउँमा राखेर नहेर्न सुझाव दिनुभयो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *