Spread the love

नेपाल प्रेस युनियन दाङले यसअघिका आफ्ना अध्यक्ष सञ्तोष सुबेदीलाई नेपाल पत्रकार महासंघ दाङमा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेपाल प्रेस युनियनका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा मंगलबार घोराहीमा बसेको कार्यदलको बैठकले महासंघका उपाध्यक्ष सुबेदीलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अध्यक्ष खड्काको संयोजकत्वमा गठित उम्मेदवार छनोट कार्यदलमा युनियका उपाध्यक्षहरु गोपाल शर्मा भट्टराई, किरण शाह, पार्वती बस्नेत र सचिव अमर क्षितिज भण्डारी छन् ।

कार्यदलको बैठकले युनियनको नेतृत्व गर्दै सुबेदीलाई महासंघमा पठाउने निर्णय गरेपनि अर्कौ बैठकबाट अन्य सबै उम्मेदवारहरुको टुँगो लगाउने निर्णय भएको सचिव भण्डारीले बताए ।

महासंघको निर्वाचन यही असार २२ गतेका दिन तोकिएको छ । युनियन जिल्लाको सबै भन्दा ठूलो संगठन हो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *