तुलसीपुर उपमहानगरपलिकाले निजी वन दर्ताको सुरुवात गरेको छ ।
वन ऐन २०७६ र वन नियमावली २०७९ को अधीनमा रही स्थानीय स्तरमै निजी वन दर्ताको आरभ्म गरिएको प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र डाँगीले जानकारी दिनुभयो । विजौरी सब डिभजिन वन कार्यालयको सिफारिसमा तुलसीपुर ९ का जनार्दन शाहलाई उपमहानगरले जिनी वन दर्ताको प्रमाणपत्र समेत दिएको छ ।
नगर प्रमुख खड्काले शाहलाई आज निजी वन दर्ताको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
शाह तुलसीपुर उपमहानगरमा निजी वन दर्ता गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । उहाँले ८२३७.४१ वर्ग मिटरको क्षेत्रफलमा १ सय ४१ वटा सालका रुख रोप्नु भएको छ ।