आज मिति वि.सं. २०८१ असार १४ गते शुक्रबार ई.सं.२०२४ जून २८ नेपाल सम्बत ११४४ तछलागा सप्तमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण सप्तमी, चन्द्रमा मीन राशिमा, पूर्वभाद्र नक्षत्र, सौभाग्य योग, भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ०५:१० बजे भयो भने सूर्यास्त साँझ ०७:०३ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा गर्न कठिन पर्ने समय छ । गरेका कामबाट ठूलो उपलब्धि लिन सकिँदैन, समयको ब्यर्थ नाश होला । रोग र शत्रुसित लड्ने क्षमता भने बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । साथीभाइको साथ प्राप्त हुनेछ । यात्रागत कार्य सफल होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आज अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । अनावश्यक यात्राको योग छ । स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु राम्रो होला । सोचेकोे काम समयमै सम्पन्न नभएपनि सुखको अनुभूति हुने योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । मान महत्व वृद्धिका साथै पुरस्कार प्राप्तिको योग छ । परिवारिक सुख रहनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दौडधुप र जोखिम बढ्ने समय छ । परोपकारजन्य कर्ममा मन जानेछ । स्वास्थ्य भने कमजोर भएको अनुभव होला । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । माता पितासँगको भेटघाटले मनमा उल्लास छाउला । खर्च भन्दा कमाई नै बढी हुनेछ । गोप्य काममा आकर्षण बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पारिवारिक सुख मिल्ने र धन आर्जन हुने दिन छ । ब्यापारमा पनि फाइदाकै योग छ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने विपरीतलिङ्गीको हौसलाले मन रमाउनेछ । दाम्पत्य सुख बढ्नेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । आफ्नै बल विवेकले काम राम्रो हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन्, तर जित तपाईंकै हुनेछ । विश्वास गरेका व्यक्तिले पनि धोका दिन सक्छन् भने इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सकिने योग रहेकोले विशेष सचेतनाका साथ कर्म–व्यवहार गर्नुहोला । आजको दिन सामान्यतया प्रतिकूल भएकाले महत्वपूर्ण कार्य थाती राखेकै राम्रो । रसरागमा आकर्षण बढ्ने समय छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): केही सुख केही दुःखको अनुभूतिमा आजको दिन बित्नेछ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । पेशागत रुपमा समस्या देखिन सक्छ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला । तथापि, आर्थिक लाभ हुनेछ, मान मिल्नेछ । आरोग्यता बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता बढ्नेछ । आजको दिन काम बन्नाले मन रमाउला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धन कमाउने योग छ । पशुधनबाट राम्रै फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुन्छ । शुभता बढ्नेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समयले साथ दिनेछ । नसोचेको काम बन्ने दिन छ । प्रियजनसँग पनि भेटघाट होला । काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला । अनेक किसिमका फाइदा हुने योग छ भने व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दिन चुनौतीपूर्ण रहला । दैनन्दिन कार्यमा अनावश्यक झमेला आइपर्ने योग छ भने यात्राको क्रममा पनि विशेष सावधानी अपनाउनु हितकर हुनेछ । स्वास्थ्यका लागि खानामा सचेत रहनुहोला । रसरागको भाव वृद्धि हुनेछ । कुनै महत्वपूर्ण काम गर्दै हुनुहुन्छ भने सफलता मिल्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): तपाईंको बोली, व्यवहार र विचारले धेरैलाई आकर्षण गर्ने समय छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । परोपकारका काममा मन जानेछ । धन कमाउने योग पनि छ । आरोग्यता वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आयआर्जन हुने हुने समय छ । नउठ्ने पैसा उठेर मनमा हर्ष छाउला । अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्नेछ । यात्राको पनि योग रहेको छ । मान महत्व र सामर्थ्य बढ्नेछ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्रको साथ मिल्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मनोकूलको काम बन्ने समय छ । सुख वृद्धि होला । भय र भ्रम हट्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रेमभाव एवम् रसरागमा आकर्षण बढ्नेछ । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ ।
तपाईको दिन शुभ रहोस्