निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाई अनिश्चित

ByNews

२०८१ असार २०, बिहीबार १५:३६ २०८१ असार २०, बिहीबार १५:३६ २०८१ असार २०, बिहीबार १५:३६
Spread the love

कुराहरू महत्वपूर्ण छन् । निर्वाचन आयोग जस्तो संवैधानिक पद अत्यन्त डिग्निफाइट पद हो

काठमाडौँ — निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाई स्थगित गरिएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकले प्रधानको संसदीय सुनुवाइ तत्काल नगर्ने निर्णय गरेको हो ।

संसदीय सुनुवाई समितिको बैठक बसेपनि उजुरीकर्ताहरूको कुरा सुनेसँगै अनिश्चितकालका लागि संसदीय सुनुवाई स्थगित गरिएको हो ।

बैठकबारे जानकारी गराउँदै समितिका ज्येष्ठ सदस्य सभापति पशुपतिशमशेर जबराले बैठकमा उजुरीकर्ताहरूसँग सोधपुछ भएको र उजुरीकर्ताले आफ्ना धारणा राख्ने काम भएको बताए । उनले उजुरीकर्ताहरूले राखेको धारणामा विचारविमर्श गर्न थप समय चाहिने भएकाले अनिश्चितकालका लागि सुनुवाई स्थगित गरेको जानकारी दिए ।

समितिले नाम अनुमोदन मात्रै गर्ने भएपनि अनुमोदनका लागि समेत समय चाहिएकाले समय थप गर्ने निर्णय भएको जबराले बताए । ‘सोधपुछ भयो, उहाँहरूले आएर आफ्ना कुरा राख्नुभयो । जिज्ञासाहरू धेरै थिए । धेरै कुरा राख्नुभयो । अहिलेका लागि यी सबै कुराको विचार विमर्श गर्न थप समय चाहिएको हुनाले अहिले कुन दिन भनेर नतोकी यो कुरालाई अहिलेको लागि स्थगित गरेका छौँ,ु जबराले भने, उजुरीकर्ताहरूले आफूले बोलेको कुरा सार्वजनिक नगर्ने आधारमा कुरा गर्नुभएको थियो । कुराहरू महत्वपूर्ण छन् । निर्वाचन आयोग जस्तो संवैधानिक पद अत्यन्त डिग्निफाइट पद हो । हामीले अनुमोदन मात्रै गर्ने हो, अनुमोदन गर्न पनि थप समय लिने र थप विचार विमर्श गर्ने भनेका छौँ । थप समय लिने भन्ने निर्णय समितिले गरेको छ ।’

सभापति जबराले उजुरीकर्तासँग छलफल गरेपछि उजुरीका विषयमा थप अध्ययन गर्नुपर्ने आवश्यकता समितिले औंल्याएको बताए ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *