Spread the love

मोटरसाइकल लगाएत साना सवारी संचालनमा रोक लगाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोख्रेलले बताए ।

अबिरल बर्षा पछि खहरे खोलाहरुमा आएको बाढीका कारण तुलसीपुर– घोराही सडक खण्डमा यात्रा जोखिम पूर्ण बनेको छ ।

सडक खण्ड अन्तरगत घोराहीको सेवार खोलामा निर्माणाधिन पुलको डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरु बढीले बगाइ दिएको छ ।

बाढीले ह्यूमपाइप बगाइदिएपछि बैकल्पिक मार्ग मार्फत सवारी साधान संचालन गरिएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार भाइरल रोड हुँदै अधिकाँस सवारी साधन संचालनमा आएका बताए । सेवार खोलामा पक्की पुल निर्माणको काम यही बर्षदेखि सुरु गरिएको थियो । हालसम्म पिलर ठड्याउने काम मात्रै भएको छ ।

त्यस्तै बर्षाका कारण तुलसीपुर – घोराही सडक खण्डको हापुर खोलामा आएको बाढीका कारण साना सवारी साधन संचालनमा रोक लगाइएको छ । मोटरसाइकल लगाएत साना सवारी संचालनमा रोक लगाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोख्रेलले बताए ।

लगाएतको बर्षाका कारण जिल्लाका खोला तथा नदीहरुमा पानीको बहाब ह्वात्तै बढेको छ । राप्ती नदीको तटिय क्षेत्र र बबइ नदी क्षेत्रका सर्वसाधारणलाइ सतर्क रहन आग्रह गरिएको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *