Spread the love

काठमाडौं, २२ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता डा। शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । आज ९शनिबार० प्रधानमन्त्री दाहाल भेट्न शेखर कोइराला बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री दाहालले कांग्रेस र एमाले मिलेर सरकार बनाउन लागेपछि यही असार २८ गते शुक्रबार विश्वासको मत लिँदैछन् । सरकारमा सहभागी एमाले सरकारबाट बाहिरिएको छ । उसले सरकारलाई दिएको समर्थन फिर्ता पनि लिएको छ । उता, अशोक राई नेतृत्वको जसपापनि सरकारबाट बाहिरिएको छ ।

प्रधानमन्त्री दाहाल अल्मतमा परेपछि उनले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री दाहालले विश्वासको मत लिन असफल भए नयाँ सरकार गठन संविधानको धारा ७६ को ३ अनुसार हुनुपर्ने दाहालको चाहना छ ।

यस्तोमा ठूलो दलको नाताले सरकारको नेतृत्व स्वतः नेपाली कांग्रेसले गर्ने उनको बुझाई छ। एमालेले भने प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्ने अडान लिएको थियो ।

यही सन्दर्भमा कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री दाहालसँग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । कोइरालालाई पछिल्लो समय दलको नेता बन्नको लागि उनका समूहका नेताहरुको दबाब छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *