विपत्तिका साना घटनालाई बेवास्ता गर्ने र ठूला घटनामा आत्तिने प्रवृत्ति भएको सरकारी संयन्त्र आसन्न विपत्तिको सामना गर्न तयारी अवस्थामा होला भनेर ढुक्क हुन सकिँदैन
लामो खडेरीपछि सुरु भएको मनसुनले वितण्डा मच्चाउन थालिसकेको छ । कोसी प्रदेशदेखि आउन थालेको बाढी पहिरो र जनधनको क्षतिको समाचार लुम्बिनीसम्म पुगिसक्यो । केही दिनमा देशभर मनसुनसँगै बाढी पहिरो पनि व्यापक हुनेछ ।
आधुनिक प्रविधिले मौसमको भविष्यवाणी त बढी भरपर्दो बनाएको त तर मनसुनी वर्षाको प्रकृति भने अनुमान गर्न हुँदैगएको छ । अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टिका कारण बाढी पहिरो र विध्वंशका घटना पनि बढेको देखिन्छ ।