Spread the love

राप्ती नदि र अर्जुन खोलामा आएको बाढीका कारण डुबानमा परेका वस्तिका नागरिकलाई सकुशल उद्दार गरिएको हो

शरद रेग्मी।दाङ ।बाढीले घेरेपछी ज्यान जोगाउन सिमलको रुखमा चढेका दाङमा दुई जना किसानलाई सशस्त्र प्रहरी बलका जवानहरुले सकुशल उद्दार गर्न सफल भएका छन ।
राजपुर-२ बेला निवासी २ जना किसानलाई उद्दार गरिएको हो ।

यो सहित दाङ जिल्लाका विभिन्न स्थानको बाढीमा फसेका सर्बसाधारणहरुलाई दिनभर उद्दार गरिएको छ । राप्ती नदि र अर्जुन खोलामा आएको बाढीका कारण डुबानमा परेका वस्तिका नागरिकलाई सकुशल उद्दार गरिएको हो ।

अर्जुनखोला र राप्ती नदिमा आएको बाढीमा फसेका २८ जनालाई सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर रिजर्भ गण र २९ नम्बर गण हेडक्वाटर ज्वालामाइ दाङ बाट परिचालन भएका सुरक्षाकर्मीहरुले उद्दार गरेको निमित्त गणपति टेकराज पोख्रेलले जानकारी दिएका छन ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *