Spread the love

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा विधान संशोधन गरेर त्यस्तो व्यवस्था गरिएको हो ।महासंघ कार्यसमितिको बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको हो ।महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आजको कार्यसमिति बैठकले सर्वसम्मत रूपमा विधान पारित गरेको र अबदेखि अध्यक्ष निर्वाचनबाट चयन हुने जानकारी दिए । यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछिको अर्को कार्यकालपछि लागू हुने उनले बताए ।
संशोधित विधानमा दुईजना वरिष्ठ उपाध्यक्ष र हाल एक महिला उपाध्यक्ष रहेकोमा थप एकजना महिला उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।
संशोधित विधान आगामी मङ्सिर मसान्तभित्र महासङ्घको विशेष साधारणसभाले पारित गर्ने अध्यक्ष ढकालले जानकारी दिए ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *