रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई मुक्त गर्ने पुटिनको वाचा

ByNews

२०८१ असार २६, बुधबार १२:०३ २०८१ असार २६, बुधबार १२:०३ २०८१ असार २६, बुधबार १२:०३
Spread the love

रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा परेर कम्तीमा ३५ जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ

काठमाडौँ —रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई मुक्त गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाचा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा रुसी राष्ट्रपति पुटिनले छिट्टै नै भारतीयलाई मुक्त गर्ने प्रतिबद्धता जनाएका हुन् ।

भारतीय विदेश सचिवल विनयमोहन क्वात्राले मोदी र पुटिनबीच रुसी सेनामा रहेका भारतीय नागरिकलाई मुक्त गर्ने विषयमा छलफल भएको बताए । मस्कोमा पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ुप्रधानमन्त्रीले झुक्याएर रुसी सेनामा भर्ती गराइएका भारतीयहरूको शीघ्र रिहाइका लागि जोडदार ढंगले कुरा उठाउनु भएको छ । रुसी पक्षले रुसी सेनामा भर्ती भएका भारतीयलाई रिहाइ गर्ने वाचा गरेको छ ।ु विदेश सचिव क्वात्राका अनुसार अहिलेसम्म ३५ देखि ५० को हाराहारीमा भारतीयहरू रुसी सेनामा भर्ती भएका छन् । तीमध्ये १० जना घर फर्किइसकेका छन् ।

युक्रेनसँगको युद्धमा कम्तीमा ४ जना भारतीयको मृत्यु भएको मारिएको द हिन्दुले जनाएको छ । यद्यपि भारतीय विदेश मन्त्रालयले भने यसअघि जुन ११ मा २ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । त्यसअघि फेब्रुअरी र मार्चमा १र१ भारतीय नागरिको मृत्यु भएको थियो । हिन्दुका अनुसार मृत्यु भएका २ जनाको शव भारत ल्याइसकिएको छ । त्यस्तै २ जना हराइरहेको पनि समाचारमा उल्लेख छ । करिब ३० जना घर फर्किनका लागि विदेश मन्त्रालयको सम्पर्कमा आएका छन् ।

भारतीय जाँच एजेन्सी सीबीआईका अनुसार राम्रो जागिर र पैसा पाइने भन्दै युवाहरूलाई रुसु पुर्‍याइएको जनाएको छ । एनडीटीभीका अनुसार नयाँदिल्लीदेखि तमिलनाडुसम्म फैलिएको मानव तस्करको गिरोहले सामाजिक सञ्जालमार्फत प्रलोभन देखाएर युवाहरूलाई रुस पुर्‍याएको जनाएको छ । केहीलाई ुशंकास्पद विश्वविद्यालयु मा भर्ना गरिदिने भन्दै रुस पुर्‍याएर सेनामा भर्ती गराइएको समेत सीबीआईले जनाएको छ । यस घटनामा संलग्न भएको आरोपमा कम्तीमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । केही समयअघि पञ्जाब र हरियाणाका ७ युवाले आफन्तहरूलाई एक भिडियो पठाउँदै उद्धारका लागि सरकारसँग आग्रह गरेका थिए । तीमध्ये केहीले आफूहरूलाई पर्यटकीय भिसामा रुस पुर्‍याइएको र पासपोर्ट जफत गरी रुसी सेनामा भर्ती गरिएको बताएका थिए ।

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेको थियो । युद्धका कारण दुवैतर्फ ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति भएको छ । गत फेब्रुअरीमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धमा ३० हजारभन्दा बढी युक्रेनी सैनिक मारिएको बताएका थिए । रुसले भने आधिकारिक रूपमा क्षतिको विवरण सार्वजनिक गरेको छैन ।

बीबीसीले अप्रिलमा एक रिपोर्ट सार्वजनिक गर्दै युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको थियो । तर यसको स्तवन्त्र पुष्टि भने भएको छैन । बीबीसी रुसी सेवा र रुसी स्वतन्त्र सञ्चारमाध्यम मिडियाजोना र केही स्वयंसेवकहरूको तथ्यांक संकलन र विश्लेषणबाट उक्त संख्यामा रुसी सेनाको मृत्यु पुष्टि भएको दाबी गरिएको छ ।

रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा परेर कम्तीमा ३५ जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै युद्धमा घाइते भएर उपचाररत नेपाली ६ रहेको पनि मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ । सरकारी तथ्यांकअनुसार रुस–युक्रेन युद्धपछि नेपाल फर्कनेको संख्या १ सय २८ पुगेको छ । रुसी सेनामा भर्ती भएका नेपालीका बारेमा सरकारले लगातार रुस सरकारसँग बुझ्न खोज्दासमेत स्पष्ट जानकारी प्राप्त भएको छैन ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *