मोरङको बेलबारीमा एउटै कुकुरले ९ जनालाई टोक्यो

ByNews

२०८१ असार २७, बिहीबार १६:५६ २०८१ असार २७, बिहीबार १६:५६ २०८१ असार २७, बिहीबार १६:५६
Spread the love

२७ असार, विराटनगर । बिहीबार विहान मोरङको बेलबारीमा एउटा कुकुरले आतंक मचाएको छ । बिहान साढे ९ बजे बेलबारी नगरपालिका– १ र ३ नम्बरमा आतंका मच्चाउँदै ९ जनालाई टोकेको हो ।
घर वरपर काम गरिरहेका र बाटो हिँडिरहेकालाई कुकुरले लखेटीलखेटी टोकेको थियो । कुकुरले गाउँका केही घरपालुवा कुकुरलाई पनि टोकेको थियो ।

बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईका अनुसार बेलबारी–३ का ८५ वर्षीय पदमबहादुर घिसिङ, उनकी श्रीमती ८० वर्षीया सावित्री घिसिङ, ८५ वर्षीया धनमाया मगर, ६२ वर्षीय दिलबहादुर गुरुङ, बेलबारी–१ का ७१ वर्षीय तुलसीप्रसाद दाहाल, ५३ वर्षीय तिलकबहादुर श्रेष्ठ, ४५ वर्षीय फिबुनन्द लावती, ३४ वर्षीय हरिचन्द्र कार्की र ३३ वर्षीय मिलन राईलाई कुकुरले टोकेको थियो ।

पदमबहादुरको मुख, सावित्रीको दाहिने हात र तीघ्रा, धनमायाको दाहिने नाडी, तुलसी र दिलबहादुरको मुखमा कुकुरले टोकेको थियो ।

कुकुरले टोकेर घाइते भएकाहरुको कोशी अस्पताल विराटनगरमामा उपचार गरिएको छ । उनका अनुसार कुकुरले आतंक मचाएको क्षेत्र बेलबारी–१ र ३ सिमानामा पर्छ ।
गाउँमा आतंक फैलाउने कुकुरका धनी फेला नपरेको उनले बताए । गाउँमा आतंक मचाएको कुकुरलाई स्थानीयले मारेका थिए ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *