घरज्वाइँ र ‘अश्लीलता’ को काँडेबार

ByNews

२०८१ असार ३०, आईतवार १२:०८ २०८१ असार ३०, आईतवार १२:०८ २०८१ असार ३०, आईतवार १२:०८
Spread the love

संगीत, नृत्य, रक्सी, मादल र आफ्नै विश्वास पद्धतिको लयमा प्राकृतिक जीवन जिउन चाहने मगर समुदायलाई पछिल्लो समय राजनीतिक ऊहापोह, पराया संस्कृति, लाहुरे प्रभावजस्ता अतिक्रमणले गााजेको छ । ‘घरज्वाइँ’ ले यही दोसाँधको कथा भनेको छ, ऐतिहासिक सांस्कृतिक सौन्दर्यसहित ।
धूवाँ, कुहिरो र राडीपाखीको त्रिपक्षीय संयोजनबाट सिनेमाले आफ्नो रङ फेला पारेको छ ।

पछिल्लो समय नेपाली सिनेमामा जनजातीय संस्कृतिलाई केन्द्र बनाएर कथा हाल्ने सुन्दर उभारलाई बिस्तारै आम दर्शकले स्वागत गरिरहेको देखिन्छ । यसलाई सांस्कृतिक पुनर्जागरणको सौन्दर्य मान्नु उचित होला । हालैका सिनेबहसमा दर्शकको सक्रिय उपस्थिति हुनुले बताउँछ कि आमजनतामा सिनेमा–साक्षरतादेखि सौन्दर्यबोध गराउने जिम्मेवारी पनि सिनेकर्मीका रूपमा काम गर्ने संस्कृतिकर्मीकै रहेछ ।

सीमान्तबाट बिस्तारै मूलधारतिर अग्रसर बहुसांस्कृतिकताको सुन्दर लहर नै हाम्रो समाजको खास अनुहार रहेको स्वीकार्न ढिला गर्नु हुँदैन । संस्कृतिको सूक्ष्म चित्रणले एकातिर मनोरञ्जनात्मक क्षणिकताको पानीफोका हुनबाट सिनेजगत्लाई जोगाउँदै छ भने अर्कोतिर हाम्रो रैथाने कथा र नेपाली सिनेमाको भविष्यप्रति पूरापूर आशावादी हुने बलियो आधार तयार पारिदिएको छ । अब ‘हाम्रो कथामा राम्रो फिल्म बन्छ’ भन्ने आँट र बलियो उदाहरण बनेर उभिएको छ– ‘घरज्वाइँ’ ।कान्तिपुर

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *