काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेबिच मन्त्रालयको भागबन्डा लगभग टुङ्गिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच आइतबार भएको कुराकानीमा मन्त्रालय भागबन्डा टुङ्ग्याइएको हो ।
दुवै दलका नेताहरूका अनुसार काँग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय परेका छन् । जसअनुसार काँग्रेसको भागमा गृहसहित रक्षा, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ,स्वास्थ्य तथा जनसङ्ख्या, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय परेका छन् ।
त्यस्तै वन तथा वातावरण मन्त्रालय पनि काँग्रेसको भागमा परेको बुझिएको छ ।
प्रधानमन्त्री र मन्त्रीहरुको शपथग्रहण सोमबार ११ बजे
राष्ट्रपति कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरुलाई सोमबार बिहान ११ बजे शपथग्रहण गराउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ ९२० बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न दिइएको समय आइतबार साँझ ५ बजे सकिदैछ ।
राष्ट्रपतिको आह्वानबमोजिम कांग्रेस र एमालेको समर्थनमा नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरिसकेका छन् । शितलनिवास स्रोतका अनुसार आइतबार साँझ ५ बजेपछि ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी छ ।
प्रधानमन्त्रीको शपथग्रहण भने सोमबार बिहान ११ बजेमात्रै हुने भएको छ । ुप्रधानमन्त्री र मन्त्रीहरुको समेत सोमबार बिहान ११ बजे शपथग्रहण कार्यक्रमको तयारी भएको छ,ु शितलनिवास स्रोतले भन्यो । राष्ट्रपति कार्यालयले सोमबार बिहान ११ बजे हुने शपथग्रहण समारोहका लागि सम्बन्धित सबैलाई निमन्त्रणा समेत गरिसकेको छ ।
प्रधानमन्त्रीको शपथ लिएपछि ओलीले तत्काल एमाले र कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन् ।