विद्यार्थीहरूलाई सर्पका बारेमा प्रशिक्षण

ByNews

२०८१ असार ३१, सोमबार १२:०६ २०८१ असार ३१, सोमबार १२:०६ २०८१ असार ३१, सोमबार १२:०६
Spread the love

तुलसीपुरमा विद्यार्थीहरूलाई सर्प सम्बन्धीका कुराहरू बारे जानकारी दिइएको छ । सर्प उद्धारकर्ता प्रभात भण्डारीले सर्प बारे बिभिन्न कुराहरूको बारेमा जानकारी गराएका थिए । विशेषगरी गर्मी समयमा सर्पहरू बाहिर निस्कने र बालबालिका तथा वृद्धवृद्धाहरूमा निकै जोखिम हुने भएकाले त्यो जोखिम समयमा सतर्कता अपनाउन र त्यो जोखिमलाई न्यूनिकरण गर्न कार्यक्रमको आयोजना गरिएको गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए ।

कार्यक्रममा गुरुकुलका विद्यार्थीहरूलाई नेपालमा पाइने बिभिन्न विषालु र अविषालु सर्पहरूको बारेमा कसरी पहिचान गर्ने र सतर्कता अपनाउने भन्ने बारेमा सर्प उद्धारकर्ता प्रभात भण्डारीले जानकारी गराएका थिए । साथै उनले सर्पले टोकेपछि धेरै जसो मानिसहरू धामीझाँक्री कहाँ जाँदा मृत्यु सम्म हुने गरेका घटनाहरूलाई आफ्नो फोटो भिडियो देखाउँदै यो परम्परागत कुराहरूलाई चिर्दै सर्पले टोकेमा तुरुन्तै अस्पतालमा जानुपर्ने बताएका थिए।

सर्पले टोके पछिको उपचार अस्पतालमा हुने भन्दै धामी झाँक्रीमा नलाग्न पनि उनले आग्रह गरे ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *