Spread the love

तर स्थानीय सरकारले यो लाइट बाल्नेतर्फ कुनै चासो देखाएको छैन । हामीले कर स्थानीय सरकारलाई तिर्ने, लाइट बाल्देउ भन्न कुन निकायमा जानुपर्ने हो ? यो जिम्मेवारी स्थानीय सरकारको हो कि होइन ?

एकराज भण्डारी, तुलसीपुर । २०८१ असार १४ गते तुलसीपुर बजारको केन्द्र वीरेन्द्रचोकमा हाइमास्ट लाइट फिटिङ गरियो तर हालसम्म उक्त लाइट बलेको छैन । ‘उज्यालो तुलसीपुर’ नारा साकार पार्न जडान गरिएका हाइमास्ट लाइटमा विद्युत जडान नहुँदा बल्न नसकेको व्यवसायी देवेन्द्र केसीले बताउनुभयो ।
‘हाइमास्ट लाइट फिटिङ भएपछि व्यवसायीहरुमा छिटै बत्ती बल्ने आशा पलाएको थियो तर त्यसो हुन सकेन । बत्ती नबाल्ने भए त्यो संरचना किन निर्माण गरिएको होला भन्ने लागेको छ अहिले ?’– उहाँले भन्नुभयो– ‘तुलसीपुर बजारमा सुरक्षाका दृष्टिकोणले हाइमास्ट लाइट आवश्यक थियो । संरचना तयार पनि भइसकेको छ, बत्ती जडान गर्न किन ढिलाइ भयो ? लाइट कसले लियो, कसले दियो त्यो मतलब भएन तर लाइट बल्नुप¥यो । व्यवसायी र नागरिकको कुरा यही हो ।’
बिजौरी बजारको रेडक्रस भवन अगाडि जडान गरिएको हाइमास्ट लाइट पनि हालसम्म बल्न सकेको छैन । बिजौरी बजारका लागि चार ठाउँमा आवश्यकता देखाएर हाइमास्ट लाइट माग गरिएको थियो तर एउटा मात्रै फिटिङ गरिएको छ, ‘व्यवसायीको माग प्रदेश सरकारले सम्बोधन गरेर लाइट उपलब्ध गरायो तर स्थानीय सरकारले यो लाइट बाल्नेतर्फ कुनै चासो देखाएको छैन । हामीले कर स्थानीय सरकारलाई तिर्ने, लाइट बाल्देउ भन्न कुन निकायमा जानुपर्ने हो ? यो जिम्मेवारी स्थानीय सरकारको हो कि होइन ?अर्का ’ब्यबसायि दुर्गा भण्डारिले भन्नु भयो ॥”
त्यस्तै तुलसीपुरको हात्तीखौवा चोक र गुम्रहाचोकमा जोडिएका हाइमास्ट लाइट पनि हालसम्म बलेका छैनन् । तुलसीपुर उद्योग वाणिज्य संघले रातको समयमा बजारक्षेत्रमै अन्धकार हुँदा नागरिकहरु समस्यामा परेको र चोरीका घटनाहरु पनि हुने गरेको भन्दै हाइमास्ट लाइट जडानको अभियान थालेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले बताउनुभयो । ‘लाइट जडानको काम स्थानीय सरकारले नै गर्नुपर्ने हो । त्यसतर्फ स्थानीय सरकारको ध्यान पुग्न सकेन । त्यसपछि उवासंघबाटै पहल थालेर लाइटका लागि बजेट माग तथा फिटिङका लागि पहल ग¥यौं । कम्तिमा अब यसलाई बाल्ने जिम्मा त स्थानीय सरकारले लिनुप¥यो नि तर पालिका त्यसका लागि तयार भएको छैन । यो दुःखद् कुरा हो’– उहाँले भन्नुभयो– ‘स्थानीय सरकार अभिभावक संस्था हो । राज्यले निर्धारण गरेअनुसारको कर पनि व्यवसायीले तिरेकै छौं । लाइटको उचित व्यवस्था नहुँदा रातको समयमा सिसि क्यामराले पनि काम नगर्दो रहेछ । चोरीका घटनाहरु भइरहेका छन् । व्यवसायीको सुरक्षाका लागि स्थानीय सरकारले लाइटसम्म जडान गर्न सक्दैन भने अरु के गर्न सक्छ ? हामीले के का लागि कर तिर्ने ?’ १० ठाउँका लागि माग गरिए पनि अहिलेलाई चारवटा हाइमास्ट लाइट उपलब्ध भएका छन् । बाँकी छवटा प्रक्रियामा रहेको अध्यक्ष केसीले बताउनुभयो ।
बजारमा हाइमास्ट लाइट जडानको विषयमा पालिकामा कुनै आधिकारिक निर्णय नभएको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले बताउनुभयो । ‘हाइमास्ट लाइट खरिदको बजेट प्रदेश सरकारबाट प्राप्त भएको रहेछ । त्यसमा लाइट जडानको काम पनि प्रदेशबाटै हुनुपर्ने हो किन भने अधुरा योजना हुँ‘दैनन् । समपूरक योजनाअन्तर्गको काम होइन यो’– उहाँले भन्नुभयो– ‘व्यवसायी तथा नागरिकहरुले उज्यालो माग गर्नु नागरिकको अधिकारको कुरा हो । काम कहाँबाट भयो भन्ने विषयमा नागरिकहरुलाई जानकारी नहुन सक्छ, त्यसकारण स्थानीय सरकारले गर्दिनुप¥यो भन्नु पनि स्वाभाविकै हो । फिटिङ भएर ती लाइट अलपत्र अवस्थामा रहेछन् । वत्तीको महसुल स्थानीय सरकारले तिरिदिनुपर्ने व्यवसायीहरुको माग जायज छ ।यो नागरिकको हक पनि हो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *