Spread the love

भालुबाङ । दाङको राप्ती गाउँपालिकाका दुईवटा कृषक समूहलाई ५० लाख बराबरको कृषि औजार सम्बन्धि सामाग्री हस्तान्तरण गरिएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुरमा रहेको नव प्रतिभा कृषि सहकारी संस्था र वडा नम्बर ७ छोट्की सिसहनियाँमा रहेको हरितजन
क्रान्ति कृषक समूहलाई सो मूल्य बराबरको कृषि औजार सामाग्री हस्तान्तरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्षाती गडरियाले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार कष्टम हायरिङ सेन्टर स्थापना कार्यक्रम अन्तर्गत राप्ती गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकारको ८० प्रतिशत अनुदान र कृषक समुहहरुको २० प्रतिशत लागतमा सो कृषि औजार हस्तान्तरण गरीएको हो।

सो कृषक समुहहरुलाई एकरएक वटा ट्याक्टर,थ्रेसर,कल्टिभेटर र हाइड्रोलीक ट्रली हस्तान्तरण गरिएको छ ।भने नव प्रतिभा कृषि सहकारी संस्थालाई ५ वटा कर्ण सेलर समेत हस्तान्तरण गरिएको छ।

किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा सो कृषि औजार प्रदान गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

“परम्परागत रुपमा खेती गर्दा आम्दानी भन्दा लागत बढी पर्न जान्छ।”अध्यक्ष विष्टले भन्नुभयो,(“कृषकहरुको समस्या बुझेर कृषि कार्यलाई सरल र सहज बनाउन यो कृषि औजार प्रदान गरेका छौं । यसले कम समय लाग्छ । खर्च पनि कम हुन्छ ।”

त्यस्तै अध्यक्ष विष्टले अनुदानमा पाएको सामाग्रीलाई सहि रुपले सदुपयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश कृषि मन्त्रालयका सचिव नम्रता सिंहले कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नु आवश्यक रहेको बताउनुभयो ।

कृषक प्रेमलाल चौधरीले कृषकहरूको माग र आवश्यकता अनुसार कृषि औजार उपलब्ध भएको प्रति खुशी व्यक्त गर्दै यसले आफूहरू लाई कृषि कार्य गर्न सहज हुनुका साथै उत्पादनमा समेत वृद्धि हुने बताउनुभयो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *