लक्ष्मण बस्नेत,साउन ३ दाङ । यमुना स्मृती कप ईन्टर स्कुल फुटसल प्रतियोगिता २०८१ हुने भएको छ ।
समस्त यमुना परिवार तुलसिपुर ५ को आयोजनामा द लेजेन्ड फुटसल ग्राउन्ड तुलसिपुर ६ मा संचालन हुने प्रतियोगिता यहि साउन ११ गते देखि सुरु हुनेछ ।
२०७७ साल साउन ४ गते स्वर्गीय हुनु भएकी यमुना डागिको स्मृतिमा संचालन गरिन लागिएको प्रतियोगितामा जिल्लामा स्थापित सामुदायिक तथा संस्थागत बिधालयका गरि २० वढी टिमको सहभागिता रहनेछ ।
दुईदिन सम्म चल्ने प्रतियोगिताको बिजेता, उपबिजेता टिमले क्रमशः नगद ४० र २० हजार,कप, मेडल,प्रमाणपत्र हात पार्नेछ्न् । त्यसैगरी ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेल प्रदर्सन गर्ने बेष्ट प्लेयर खेलाडी लाई नगद २५ सय,ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ भने हाई स्कोरर,बेष्ट किप्पर,र राईजिङ प्लेयर लाई क्रमशः जनही १५ र१५ सय,ट्रफी,प्रमाणपत्र प्रदान गरिने समस्त यमुना परिवारका सदस्य सुरज डागिले जानकारी दिनु भएको छ ।
यसैबिच आयोजकले प्रतियोगिताको तयारी स्वरुप टिम दर्ता,प्रचार प्रसार,लगातको कार्य लाई तिव्र पारेकोछ ।