आन्दोलन चर्किएपछि मोबाइल नेटवर्क बन्द

ByNews

२०८१ श्रावण ३, बिहीबार १८:५३ २०८१ श्रावण ३, बिहीबार १८:५३ २०८१ श्रावण ३, बिहीबार १८:५३
Spread the love

काठमाडौं, ३ श्रावन । बङ्गलादेश सरकारले मोबाइल इन्टरनेट नेटवर्क बन्द गर्न आदेश दिएको छ । आरक्षणको विरोधमा देशभर भइरहेको प्रदर्शन उग्र बन्दै गएपछि सरकारले मोबाइल इन्टरनेट बन्द गराएको हो । दूरसञ्चारमन्त्री जुनाइड अहमद पलकेले आन्दोलनका क्रममा अहिलेसम्म नौ जनाको ज्यान गएको र नागरिकको सुरक्षा सुनिश्चित गर्न मोबाइल इन्टरनेट बन्द गरिएको जानकारी दिनुभएको छ ।

सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा विद्यार्थीहरूले हप्तौँदेखि विरोध गर्दै आएका छन् । तर यो प्रणालीले प्रधानमन्त्री शेख हसिनाका समर्थक र उनको दल अवामी लिगका कार्यकर्तालाई मात्रै फाइदा पुगेको भन्दै आन्दोलन शुरु भएको हो । विरोध बढ्दै गएपछि सरकारले बङ्गलादेशका सबै विश्वविद्यालय, क्याम्पस र विद्यालयहरू अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ । सरकारले मुख्य विपक्षी दलको मुख्यालयमा छापा मार्न प्रहरीलाई आग्रह गरेको छ ।।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *