Spread the love

उनिहरुको यात्रामा सहज र साबधानि अपनाउदै आयोजकले एकदिने दुर्घटना बिमा गरिदिएको हो

शनिवार पश्चिम दाङमा सञ्चालन हुन लागेको कोरा राईडमा सहभागीहरुको दुर्घटना बिमा गरिएको छ ।
युनाइटेड अजोड ईन्स्योरेन्स लिमिटेड द्वारा कोरा राईडमा सहभागी ५४ जना साईकल यात्रिहरुको दुर्घटना बिमा गरिएको ब्यबसायि एवम सघका कोषाध्यक्ष बिमल पौडेलले बताए ।
पश्चिम दाङमा रहेका तुलसीपुर,दङ्गिशरण,शान्तिनगर र बबई गाउपालिकाको पर्यटन तथा धार्मिक क्षेत्रको प्रचार प्रसारमा टेवा पुग्ने उदेश्यले दाङ जिल्ला भरिका साईकल यात्रिहरुलाई कोरा राईडमा सहभागिता गराउन लागिएको तुलसीपुरका अध्यक्ष रन्जन सिङले बताए ।

उनिहरुको यात्रामा सहज र साबधानि अपनाउदै आयोजकले एकदिने दुर्घटना बिमा गरिदिएको युनाईटेड अजोड ईन्सोरेन्स लिमिटेड तुलसीपुरका कर्मचारी राधव देबकोटाले जानकारी दिएका छन । जनहि दुईलाखको दुर्घटना बिमा गरिएको कम्पनिले जानकारी दिएको छ ।
सहभागि ५४ जनाको ड्रेस देखि अन्य सम्पुर्ण ब्यबस्थापमा बिवाई डि कंम्पनि दाङले स्पोन्सर गरको ब्यबसायि पौडेलले बताए ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *