Spread the love

तुलसीपुर बाणिज्य संघमा बित्तीय साक्षरता कक्षा

तुलसीपुर उद्योग वाणिज्य संघमा शुक्रबार बित्तीय साक्षारता कक्षा संचालन गरिएको छ ।
आर्थिक यात्रा नेपालको आयोजना, शिद्धार्थ क्यापिटल लिमिटेडको सहयकार्यक र तुलसीपुर उद्योग वाणिज्य संघको सहकार्यमा तुलसीपुर क्षेत्रका उद्योगी ब्यबसायी तथा म्यानेजमेन्ट पढी रहेका बिद्यार्थीका लागि साक्षरता कक्षा संचालन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले बित्तीय साक्षरता कक्षाले मुनाफाका लागि लगानी गर्न, भविश्यका लागि बचत गर्न थप कुरा सिकाएको बताएका थिए ।
शिद्धार्थ क्यापिटल लिमिटेड बाँके नेपालगञ्जकी प्रमुख सृजना श्रेष्ठले कार्यक्रममा झन्डै एक घन्टा लगानी कहाँ गर्ने, बिमाको महत्व र भविश्यका लागि वचत गर्न किन आवश्यक छ भन्ने कुरा अभिभुखीकरण गरेकी थिइन ।

आर्थिक यात्रा नेपालका अध्यक्ष देवराज कँडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण तुलसीपुर उद्योग बाणिज्य संघका सचिज नबीन राइले गरेका थिए ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *