कोरा साइकल च्यालेञ्ज प्रतियोगिता अन्तरगत उनीहरुले तुलसीपुर, दंगीशरण हुँदै शान्तिनगर पुगेर फेरि तुलसीपुर बजार फर्किएका थिए ।
हरेक बर्ष देश ब्यापी रुपमा कोरा साइकल प्रतियोगिता आयोजना हुँदै आएको छ । कोरा साइकल यात्रीले मठ, मन्दिर, मस्जित जस्ता धार्मिक स्थलहरुलाई दाँया पारी परिकर्मा गर्ने गर्छन ।
साइकल एसोसियन दाङका अध्यक्ष खुमबहादुर न्यौंपानेका अनुसार
प्रतियोगिताको उदेश्य डोनेट पनि हो ।जति किलोमिटर साइकल यात्रीले यात्रा गर्छन त्यति नै रकम संकलन गरि असहाय, गरिब, दैबिक प्रकोप पीडितलाई सहयोग गर्नु पर्छ भन्ने प्रतियोगिताको उदेश्य हो ।
दाङ कोरा २०२४ आयोजना – दिलिप रिकण्डिसन शोरुम, तुलसीपुर सिटी हस्पिटलको सहयोग तथा यूनाइटेड अजोड इन्सोरेन्स लिमिटेड, सैलु मोवाइल हस्पिटल, बिवाई डि कंम्पनि दाङ,तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ को वडा कार्यालय, शान्तिनगर गाउँपालिकाको कार्यालय चिराघाट र दंगीशरण गाँउपालिकाको कार्यालय – ६ नम्बर वडाको सहकार्यमा भएको हो ।
झन्डै १५ बर्षदेखि शारिरीक अभ्यासका लागि साइकल चलाउँदै आएका तुलसीपुरका ब्यबसायी प्रर्बत बस्नेतले साइकिलिङले आफ्नो जीवनमा उर्जा थपेको प्रतिक्रिया दिए ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रशासन शाखा प्रमुख रम्मीराज अधिकारीपनि स्पोर्टका रुपमा वा स्वास्थ्यका लागि नियमित साइकल चलाउने उनले आफ्नो श्वास्थ्यका लागि र वातावरणको संरक्षण गर्नुपर्छ भन्ने प्रचारका लागि साइकल चलाउँदै आएको बताए । सनराइज बैंका म्यानेजर रञ्जन कोइरालाले शारिरीक ब्यायामका लागिसाइकल चलाउन थालेको बताए ।
कोरा साइकल च्यालेञ्ज उद्घानका क्रममा पुगेका तुलसीपुर उपमहानगरपालिकाका नगर सभापति सुरेश हमालले अन्य खेलकुदको तुलनामा दैनिक खर्चपनि कम हुने र शारिरीक अभ्यासका लागि पनि उत्तिकै राम्रो रहेको बताए ।
आन्तरिक पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार प्रशार तथा पर्बधनमा साइकिलिष्टहरुको महत्वपूर्ण योगदान रहँदै आएको छ ।
पछिल्लो समय दाङ लगाएत मुलुकका ठूला सहरका ब्यस्त युवा युवती शारिरीक अभ्यासका लागि साइकिलिङ तर्फ आकर्षित हुँदै गएका छन् ।