प्रधानमन्त्री ओलीलाई विश्वासको मत

ByNews

२०८१ श्रावण ६, आईतवार २०:२८ २०८१ श्रावण ६, आईतवार २०:२८ २०८१ श्रावण ६, आईतवार २०:२८
Spread the love

उपस्थित २६३ सांसदमध्ये ओलीको पक्षमा १८८ मत, विपक्षमा ७४ मत तथा मत दिन्न भन्नेमा एक मत


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । गत असार ३१ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिएका हुन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेको र उक्त प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गरेकामा ओलीले भारी बहुमतसहित विश्वासको मत पाएका हुन् ।

संसदमा उपस्थित २६३ सांसदमध्ये ओलीको पक्षमा १८८ मत आएको छ भने विपक्षमा ७४ मत आएको छ । मत दिन्न भन्नेमा एक मत परेको छ ।

प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन बनेसँगै अहिलेको सरकार मजबुत सरकार बनेको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *