लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेस गरेका छन्। एमालेका २९ र काङ्ग्रेसका २७ गरी ५६ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेस गरेका हुन् । दाबी पत्र बुझदै प्रदेश प्रमुख शेरचनले सबै प्रक्रिया पुर्याएर आयेकाले आजै मुख्यमन्त्री नियुक्त गर्ने बताए । मुख्यमन्त्री बन्न लागेका आचार्य अर्घाखाँची निर्वाचन क्षेत्र १ को १ बाट निर्वाचित हुन् । आचार्य यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री थिए ।